भरतपुर, ८ साउन ।
टोकियो ओलम्पिकको पुरुष फुटबलमा अस्ट्रेलियाले अर्जेन्टिनालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
विहिबार भएको खेलमा अस्ट्रेलियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो । अस्ट्रेलियाको जितमा लाचलान वेल्स र मार्को टिलिओले एक एक गोल गरेका थिए । वेल्सले खेलको १४औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई शुरुवाती अग्रता दिलाएका थिए भने टिलिओले खेलको ८०औँ मिनेटमा गोल गरेका थिए ।
समुह सी मा रहेको अस्ट्रेलियाले अब अर्को खेल आइतबार स्पेनविरुद्ध खेल्दै छ भने अर्जेन्टिनाले इजिप्टविरुद्ध खेल्दै छ ।





