इराक आक्रमण: बम विस्फोटनमा कैयौँको मृत्यु

इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतहरूले जनाएका छन् ।

विस्फोटन एउटा व्यस्त बजारमा भएको थियो ।

सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोटन भएको हो ।

पछिल्लो ६ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोटन हो ।

इस्लामिक स्टेट (आईएस) समूहले घटनाको जिम्मेवारी लिएको छ ।

इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । तर पनि गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए ।

गत अप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो ।

उसले गत जनवरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको छ ।

त्यो राजधानी बगदादमा पछिल्लो तीन वर्षमा भएको सबैभन्दा घातक बम आक्रमणको घटना थियो ।

सुरक्षा स्रोतहरूले समाचार संस्था रोयटर्सलाई बताए अनुसार सोमवारको आक्रमणमा मारिनेहरूमा महिला र बालबालिका पनि थिए ।

केही पसलहरूमा आगलागी भएको उनीहरूले बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट