तीजमा पूर्वप्रेमिकाको चर्चा

भरतपुर, भदौ ४ गते ।
गायक तथा सञ्चारकर्मी टिकाराम ढकाल दुई वर्षपछि गायिका निर्मला रानाभाटसँगै देखिएका छन् । ‘सातै जुनी’ बोलको लोकदोहोरी गीतमा पीरतीको सुनौलो संसारको परिकल्पना गरेको प्रेमजोडीको कथा बोकेको गीत बजारमा ल्याएका ढकाल र रानाभाटले यसपालीको तीजको कोशेली बजारमा ल्याएका छन् । गुल्मी घर भएका ढकाल हाल चितवनको रेडीयो त्रिवेणीमा लोकगीतसंगित सम्बन्धि कार्यक्रम चलाउँछन् । भरतपुर ११ की रानाभाट स्थानीय सांस्कृतिक कार्यक्रममा बढी व्यस्त हुन्छिन् । ढकाल र रानाभाट लोकसंगितका क्षेत्रमा उदयीमान कलाकार हुन् ।

तीजमा पूर्वप्रेमीकालाई भेट हुँदाका पल समेटेर तयार भएको ‘सुन्तलीको नाच राम्रो’ बोलको तीज गीतले बजार तताएको छ । जनता डिजिटल प्रा.लि.ले बजारमा ल्याएको सो गीतमा तीज संस्कृतिको महिमाको चर्चा छ । सुन्तलीको नाच राम्रो बोलको सो गीतको म्युजिक भिडीयो समेत युट्युवमा हेर्न सकिन्छ ।
सुन्तलीको नाच राम्रो म्युजिक भिडीयो हेर्न


मनोज लामाले निर्देशन गरेको सो भीडियोमा गायिका निर्भला रानाभाट स्वयम नाचेकी छन् । उनलाई कलाकार हिमाल रिजालले साथ दिएका छन् । पूर्वप्रेमिका नाच्न निकै सिपालु रहेको वर्णन सो गीतमा सुन्न सकिन्छ । ढकालले रिमा आलेसँग एक वर्ष अघि जलुकी पात बोलको गीत बजारमा ल्याएका थिए । यस्तै दिलमाया पौडेलसँग मिलेर ‘रातो साडी’ बोलको अर्को तीजको कोशेली बजारमा ल्याएका छन् ।

यस्तै गायिका निर्मला रानाभाटले गायक सुदीप थापासँग मिलेर ‘विक्रम बाबा भाकल गरेको’ लोकदोहोरी गीत बजारमा ल्याइसकेकी छन् । ढकाल र रानाभाट राष्ट्रियस्तरका गायक गायीकासँग मञ्चमा स्थानीय रुपमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा दोहोरीमा घम्साघम्सी खेल्छन् ।
रातो साडी म्युजिक भिडीयो हेर्न

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट