प्रमोद खरेलको “तिमी बोलाऊ मात्र” सार्वजनिक (भिडियो सहित)

भरतपुर, ३१ जेठ ।

गायक प्रमोद खरेलको स्वरमा सजिएको “तिमी बोलाऊ मात्र” गजलको भिडियो सार्वजनिक भएको छ । आइतबार युट्युब अनि ह्याप्पी टाइम्स टिभीमार्फत रिलिज गरिएको उक्त भिडियो नवलपुर जिल्लाको स्थानीय रेडियो स्टेशन ह्याप्पी एफएमले निर्माण गरेको हो ।

गजलमा तिलकबम मल्लको संगीत रहेको छ । सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशीलले लेखेका हुन् । नवलपुरको देवचुली नगरपालिकाका विभिन्न ठाउँमा छायाङ्कन गरिएको सो गजलमा प्रेमिल जोडीको वियोगान्त प्रेम कथालाई देखाउन खोजिएको छ ।

सो गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर्मी तथा मोडल एलिना केसीको अभिनय रहेको छ । दीपेश कडरियाले निर्माण गरेको उक्त गजललाई जनक पाण्डेले निर्देशन गरेका हुन् । गजलको छायांकन तथा एडिटिङ्ग रिन्कु सापकोटाले गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट