नयनराज पाण्डेको ‘जियरा’ बजारमा

भरतपुर, ३१ जेठ । लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोरोना भाइरसको संक्रमण बढेको, संक्रमितको मृत्युदर पनि उकालो लागेको र लगत्तै निषेधाज्ञा हुने हल्लाले पुस्तकलाई बजारमा पठाउन सकिएको थिएन । पछि वैशाख १६ देखि निषेधाज्ञा भयो । यसबीचमा पुस्तक बजार ठप्पप्रायः […]

सर्वोच्च अदालतद्वारा जनमोर्चा सांसद कृष्ण थापाको पद खारेज

भरतपुर, ३१ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पुनर्बहाली गर्न दिएको यसअघिको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र डा. कुमार रेग्मीको संयुक्त इजलासले उक्त आदेश खारेज गरेको हो । सो आदेशसँगै राष्ट्रिय जनमोर्चा नेपालबाट निर्वाचित थापा पदमुक्त भएका छन् । जनमोर्चाले सभासद् नै नरहने गरी आफूलाई कानूनविपरीत कारवाही […]

प्रमोद खरेलको “तिमी बोलाऊ मात्र” सार्वजनिक (भिडियो सहित)

भरतपुर, ३१ जेठ । गायक प्रमोद खरेलको स्वरमा सजिएको “तिमी बोलाऊ मात्र” गजलको भिडियो सार्वजनिक भएको छ । आइतबार युट्युब अनि ह्याप्पी टाइम्स टिभीमार्फत रिलिज गरिएको उक्त भिडियो नवलपुर जिल्लाको स्थानीय रेडियो स्टेशन ह्याप्पी एफएमले निर्माण गरेको हो । गजलमा तिलकबम मल्लको संगीत रहेको छ । सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशीलले लेखेका हुन् […]

हेमन्त शर्माकी असफल मायालु सार्वजनिक (भिडियो सहित)

भरतपुर, ३१ जेठ । गायक हेमन्त शर्माले “ए मेरो असफल मायालु” बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । शर्माले सोमबार साँझ आफ्नै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमा शब्द र संगीत गायक स्वयंको रहेकोे छ भने उनलाई महिलाको आवाजमा गायिका एलिना चौहानले साथ दिएकी छिन् । गीति भिडियोमा अभिनय पनि शर्मा […]

२४ घण्टामा ५१४७ जना संक्रमणमुक्त, थप ५३ जनाको मृत्यु

भरतपुर, ३१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार १४७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । सोसँगै देशभर हालसम्म ५ लाख ३६ हजार २५२ जनालाई निको भएको हो । यो संख्या कूल संक्रमितको करिब ८८ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो एक दिनमा पीसीआर […]

चितवनका अस्पताल र आइशोलेसन सेन्टरमा संक्रमितको संख्या घट्दै

भरतपुर, ३१ जेठ । जिल्लामा हाल विभिन्न अस्पताल तथा स्थानीय सरकारले निर्माण गरेको आइशोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितको संख्या २८६ मा झरेको छ । आइतबार साँझसम्म सो संख्या २९३ थियो । तीमध्ये १४७ जना चितवनका हुन् भने बाँकी अन्य जिल्लाबाट उपचारका लागि यहाँ ल्याइएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनले सोमबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक […]

चितवनका थप ९२ जनामा संक्रमण पुष्टि

भरतपुर, ३१ जेठ । पछिल्लो २४ घण्टामा चितवनका थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७२ जनामा पीसीआर तथा २० जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयले सोमबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआरका लागि ६९३ जनाको स्वाब संकलन गरिएको […]

एउटै फार्ममा तीन लाख कुखुरा

चितवन, ३१ जेठ पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० विनयी त्रिवेणी गाउँपालिका–३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ । पैँतीस बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १९ महिनाअघि पहिलो पटक ५० हजार चल्ला राखेर कुखुरापालन शुरु गरिएको थियो । क्रमशः बढाउँदै लगेर […]

एसइईको नतिजा साउन दोस्रो साता, विद्यालयले असार २० भित्र पठाउनुपर्ने

काठमाडौँ, ३१ जेठ माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण […]

आज विश्व रक्तदाता दिवस मनाइँदै

चितवन, ३१ जेठ आज विश्व रक्तदाता दिवस । ‘यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ । हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । सन् २००४ देखि सुरु भएको दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्त्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ । दिवसका […]

निषेधाज्ञाअघि म्याद सकिएका आयोजनाको अवधि एक वर्ष थप्न माग

काठमाडौँ, ३१ जेठ निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री उमाशङ्कर अरगरियालाई भेटी आर्थिक वर्ष २०७८÷०७९ को बजेटबारे महासङ्घको धारणा पनि […]

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने

वासिङ्टन डिसी, ३१ जेठ नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महासभामा पेश गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ । यस […]

किसानको दुखेसो : समयमा मलखाद पाउनै सकस

महेन्द्रनगर, ३१ जेठ मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त कतै खनजोतमा भेटिन्छन् । कोरोनाको दोस्रो लहर ओरालो लागिरहेका बेला कञ्चनपुरका किसानहरुले भने मलखाद नपाउँदा खेती फस्टाउनेमा चिन्ता व्यक्त गरेका छन् । “न सरकारले किसानलाई […]

इजरायली सत्ताबाट बाहिरिए नेतान्याहू

भरतपुर, ३१ जेठ । इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु बाहिरिएका छन् । इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहेका नेतान्याहु बाहिरिएको बीबीसीले जनाएको छ । एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन् । नेतान्याहुले ५९ मत प्राप्त गरे […]

कोपा अमेरिकामा आयोजक ब्राजिलको विजयी सुरुवात

कोपा अमेरिका फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेको छ । आज बिहान सकिएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० गोलले हराएको हो । ब्राजिलका लागि नेयमार, ग्राबियल बार्वोसा र मोरक्विनोले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिलले २३ औं मिनेटमा गोलको सुरुवात गरेको थियो । भेनेजुएलाका केही मुख्य खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दबाबमा रहेको […]