चितवनका थप ९२ जनामा संक्रमण पुष्टि

भरतपुर, ३१ जेठ ।

पछिल्लो २४ घण्टामा चितवनका थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७२ जनामा पीसीआर तथा २० जनामा एन्टिजेन विधिद्वारा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

कार्यालयले सोमबार प्रकाशन गरेको अद्यावधिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पीसीआरका लागि ६९३ जनाको स्वाब संकलन गरिएको थियो । यस्तै सो अवधिमा ५७ वटा एन्टिजेन टेष्ट भएका थिए ।

पछिल्लो २४ घण्टामा गरिएका पीसीआर परीक्षणको करिब १०.३ तथा एन्टिजेन परीक्षणको ३५.०८ प्रतिशत नमूना पोजिटिभ पाइएको हो ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भरतपुरका ६९ जनामा (६० पीसीआर, ९ एन्टिजेन) संक्रमण पुष्टि भएको छ । हालसम्म भरतपुरका ११ हजार १ सय ३६ जनामा संक्रमण पाइएको कार्यालयले जनाएको छ ।

चितवन जिल्लाभित्र सक्रिय संक्रमितको संख्या हाल १ हजार ५४२ रहेको छ । तीमध्ये १४७ जना अस्पतालको आइशोलेसनमा छन् भने १ हजार ३५६ जना घरमै आइशोलेसनमा रहेका छन् । ३९ जना संक्रमित स्थानीय तहले निर्माण गरेको आइशोलेसनमा छन् ।

थपिएका संक्रमितसँगै चितवन जिल्लाभित्रका कूल संक्रमितको संख्या १५ हजार २ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका १४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका १३ हजार २१६ जना संक्रमितलाई निको भइसकेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका कुनै पनि संक्रमितको मृत्यु भएको छैन । जिल्लाभित्र संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४४ रहेको छ । हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १५७ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

रत्ननगर नगरपालिकाका २७ जना संक्रमितको मृत्यु हुँदा खैरहनीका १३ तथा राप्तीका २२ जनाको मृत्यु भएको छ । कालिका नगरपालिकाका १४, माडी नगरपालिकाका ८ तथा इच्छाकामना गाउँपालिकाका ३ जनाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट