हेमन्त शर्माकी असफल मायालु सार्वजनिक (भिडियो सहित)

भरतपुर, ३१ जेठ ।

गायक हेमन्त शर्माले “ए मेरो असफल मायालु” बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । शर्माले सोमबार साँझ आफ्नै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द र संगीत गायक स्वयंको रहेकोे छ भने उनलाई महिलाको आवाजमा गायिका एलिना चौहानले साथ दिएकी छिन् । गीति भिडियोमा अभिनय पनि शर्मा र चौहानकै रहेको छ ।

गीतमा म्युजिक एरेन्जिङ कृष्ण विकले गरेका हुने भने अडियो मिक्सरको भूमिका श्यामश्वेत रसाइलीले निभाएका छन् । भिडियोको निर्देशन भने निपेश खड्काले गरेका हुन् ।

भिडियो सार्वजनिक गरिसकेपछि फेसबुकको प्रत्यक्ष प्रसारणमार्फत श्रोताको प्रतिक्रिया लिएका थिए । “महामारी नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको हुनाले यस पटक सामान्य भिडियो बनाएको छु । न्यूनतम स्रोत साधनको उपयोग गरेर बनाएको भिडियो हो । तपाईंहरूलाई चित्त बुझेन भने यस पटकलाई क्षमा दिनुहोला”, फेसबुक लाइभमा उनले भनेका छन् । यस्तै, जस्तोसुकै विपद्को अवस्थामा पनि आशावादी हुन आवश्यक रहेकोमा उनले जोड दिएका थिए ।

“महामारीका कारण विश्व नै स्तब्ध भएको छ । हाम्रा लागि परिस्थिति प्रतिकूल भएको भएपनि प्रकृतिको नियम रोकिएको छैन”, कायाकैरनसँग उनले भने, “जस्तो सुकै परिस्थितिमा पनि संगीत बाँचिरहेको हुन्छ । परिस्थिति अनुकूलको भएन भनेर हामीले कर्म गर्न पनि छाड्न भएन । त्यसैको निरन्तरता स्वरूप यो गीत ल्याएको हुँ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट