इजरायली सत्ताबाट बाहिरिए नेतान्याहू

भरतपुर, ३१ जेठ ।
इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु बाहिरिएका छन् । इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहेका नेतान्याहु बाहिरिएको बीबीसीले जनाएको छ ।

एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बनेका छन् । नेतान्याहुले ५९ मत प्राप्त गरे । पाँच पटक इजरायलको प्रधानमन्त्री बनेका नेतान्याहु पछिल्लोपटक सन् २००९ देखि लगातार प्रधानमन्त्री थिए ।

विपक्षी गठबन्धनको सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिडले सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्व गर्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट