भरतपुर, १ वैशाख ।
नयाँ वर्ष २०७८ सालको पहिलो दिन यहाँका स्थानीयले उल्लासपूर्वक बिताएका छन् । बुधबार सार्वजनिक विदा समेत भएकाले धेरैले घुमघाम तथा किनमेल गरेर नयाँ वर्ष मनाएका हुन् । सोही कारण जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यमा बिहानैदेखि मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो । फन पार्क, नदी किनार तथा सपिङ मलहरूमा मानिसहरूको विशेष घुइँचो देख्न पाइन्थ्यो । नयाँ वर्षलाई हषपूर्वक मनाइरहँदा धेरैजसोले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्डको पालना भने गरेका थिएनन् ।
तस्बिरः विनोद बाबु रिजाल, सबिता अधिकारी र शिव गौतम




































