आज हैदराबाद र कोलकत्ता भिड्दै

भरतपुर, २९ चैत्र ।

इण्डियन प्रिमियर लिग आइपिएलमा आज राति कोलकत्ता नाइट राइडर्स तथा सन्राइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । चेन्नईमा खेलिने खेल नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ । हैदराबाद डेविड वार्नर तथा कोलकत्ता इयोन मोर्गनको कप्तानीमा मैदानमा उत्रनेछन् । जारी १४औँ संस्करणको आइपिएलमा दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । यी दुई बीच खेलिएका पछिल्ला ५ खेलमा दुवैले समान २–२ खेलमा स्पष्ट जीत निकालेका छन् । एक खेल भने टाइ भएको थियो । यी दुई टोलीले एकअर्कासँग हालसम्म १९ खेल खेलेका छन् । जसमा कोलकत्ता ११–७ (टाइ बाहेक) ले अगाडि रहेको छ ।

यसअघि शनिबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किग्सलाई ७ विकेटले हरायो । चेन्नईले दिएको १८९ रनको लक्ष्य दिल्लीले खेल सकिन ८ बल बाँकी छँदा जम्मा ३ विकेटको क्षतिमा गुमायो । उसका लागि पृथ्वी शाहले ७२ तथा शिखर धवनले ८५ रनको योगदान दिए । मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको चेन्नईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । उसका लागि बायाँ हाते सुरेश रैनाले सर्वाधिक ५४ रन जोड्दा मोइन अली भने ३६ रन बनाएर आउट भए ।

जीतसँगै २ अंक बटुलेको दिल्ली बेंगलोरको भन्दा सुधारिएको नेट रन रेट बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट