पत्रकार महासंघ चितवनमा त्रिपक्षीय भीडन्त

भरतपुर, २२ चैत्र ।

नेपाल पत्रकार महासंघ चितवनले यही चैत्र २५ गते हुने महासंघ जिल्ला शाखाको निर्वाचनमा उमेद्वारी मनोनयन दर्ता गरेका उमेद्वारहरूको प्रथम नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावलीमाथि सोमबारसम्म दाबीविरोध प्रस्तुत गर्न सकिनेछ ।
महासंघ चितवनले आइतबार प्रकाशन गरेको नामावली अनुसार अध्यक्ष पदका लागि तिलकराम रिमाल, नारायण प्रसाद अधिकारी र सूर्यप्रकाश कँडेलले मनोनयन दर्ता गराएका छन् । यस्तै, उपाध्यक्ष पदका लागि भने प्रकाशमणि ज्ञवाली, रामकान्त पौडेल र विनोदबाबु रिजाल चुनावी मैदानमा आएका छन् । महिला उपाध्यक्ष पदका लागि शान्ता अधिकारी र प्रमिता ढकालबीच प्रतिस्पर्धा हुनेछ भने सचिव पदमा अनिल ढकाल र दीपेन्द्र अधिकारीले उमेद्वारी दर्ता गराएका छन् । समावेशी सहसचिवतर्फ उर्गेन तामाङ्ग र अमिर रामदानले मनोनयन दर्ता गराएका छन् भने खुल्ला सहसचिवमा आनन्द पोखरेल, टीकादत्त तिमिल्सिना, प्रस्ताव सुवेदी र राजु सापकोटाको उमेद्वारी दर्ता भएको छ ।

त्यसैगरी, कोषाध्यक्ष पदमा गोविन्द घिमिरे, राजेश घिमिरे र राजेन्द्र आचार्यले उमेद्वारी दर्ता गराएका छन् । यसका अलावा महिला सदस्यमा दुई, दलित सदस्यमा दुई, आदिवासी जनजाति सदस्यमा दुई, मधेशी सदस्यमा दुई र खुल्ला सदस्यमा १९ जना उमेद्वारको मनोनयन दर्ता भएको छ । महासंघ चितवनले केन्द्रीय परिषद् सदस्य, प्रदेश परिषद् सदस्य खुल्ला र समावेशी पदका लागि भएको उमेद्वारहरूको मनोनय पनि सार्वजनिक गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट