दुखिरहेछ मेरो जीवन (गीत)

गीत तिमीले दिल तोडेपछि दुखिरहेछ जीवन सम्हाल्न सकेको छैन पोखिइ रहेछ रोदन हे दैव बैमानी हुनेले धोका दिँदा रहेछन् आफ्नै घाम छायाँले घात गर्दा रहेछन् खै आफन्ती देख्दा पनि डर लागेर आउँछ दुखाउँछन् कटु वचनले भर कसोरी लाउँछ हर रात सपनीमा तिमीलाई देखेर हराउँछु बाचा कसम भूली आएको सम्झि डराउँछु नवलपरासी घर भएका गीतकार जलद […]

मनकामना केबुलकार चैत २५ गतेदेखि ६ दिन बन्द हुने

भरतपुर, २३ चैत । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ गतेदेखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब […]

महासंघ चितवनको अध्यक्ष पदमा अधिकारी, कँडेल र रिमाल भिड्दै

भरतपुर, २३ चैत्र । नेपाल पत्रकार महासंघ चितवनले यही चैत्र २५ गते हुने जिल्ला शाखाको निर्वाचनमा उमेद्वारी मनोनयन दर्ता गरेका उमेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । उसले आइतबार प्रकाशन गरेको पहिलो नामावलीमाथिको दाबी विरोध सोमबार सकिएसँगै निर्वाचनको तयारी पनि अन्तिम चरणमा पुगेको छ । सोमबार सह–सचिव (खुल्ला)तर्फ एक जना, मधेशी सदस्यतर्फ एक जना र […]

सडक बिस्तारका क्रममा काटिन्छन् रुख, वृक्षरोपणमा भने छैन ध्यान

भरतपुर, २२ चैत्र । चितवन जिल्लामा पछिल्लो दुई वर्षमा सडक मर्मत तथा नयाँ सडक निर्माण गर्ने क्रममा ४ सय बढी रुख काटिएका छन् । जिल्लास्थित डिभिजन वन कार्यालय चितवनले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म सडक बिस्तार तथा निर्माणका क्रममा ४ सय ४४ ओटा रुख काटिएका हुन् । वन कार्यालयका सहायक वन अधिकृत […]

पत्रकार महासंघ चितवनमा त्रिपक्षीय भीडन्त

भरतपुर, २२ चैत्र । नेपाल पत्रकार महासंघ चितवनले यही चैत्र २५ गते हुने महासंघ जिल्ला शाखाको निर्वाचनमा उमेद्वारी मनोनयन दर्ता गरेका उमेद्वारहरूको प्रथम नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावलीमाथि सोमबारसम्म दाबीविरोध प्रस्तुत गर्न सकिनेछ । महासंघ चितवनले आइतबार प्रकाशन गरेको नामावली अनुसार अध्यक्ष पदका लागि तिलकराम रिमाल, नारायण प्रसाद अधिकारी र सूर्यप्रकाश कँडेलले मनोनयन […]