गीत
तिमीले दिल तोडेपछि दुखिरहेछ जीवन
सम्हाल्न सकेको छैन पोखिइ रहेछ रोदन
हे दैव बैमानी हुनेले धोका दिँदा रहेछन्
आफ्नै घाम छायाँले घात गर्दा रहेछन्
खै आफन्ती देख्दा पनि डर लागेर आउँछ
दुखाउँछन् कटु वचनले भर कसोरी लाउँछ
हर रात सपनीमा तिमीलाई देखेर हराउँछु
बाचा कसम भूली आएको सम्झि डराउँछु
नवलपरासी घर भएका गीतकार जलद हाल बेलायतमा छन् ।




