प्रधानमन्त्री ओली र नेपाल भेट हुँदै

काठमाडौं, २ चैत ।
नेकपा एमालेमा देखिएको विभाजनतर्फको गतिविधि रोक्ने प्रयासस्वरुप केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच वार्ता हुँदैछ ।

ओलीसँगको वार्ताका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भर्खरै धुम्बाराही पुगिसकेका छन् । उनको साथमा नेताहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र घनश्याम भुसाल धुम्बाराही छिरिसकेका छन् ।

ओलीको पक्षबाट वार्ता गर्न पार्टी प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि धुम्बाराही छिरेका छन् । वार्ता बिहान ११ बजे हुने भनिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि केहीबेरमा बालुवाटारबाट धुम्बाराही पुग्दैछन् । दुवै पक्षले भोलिको चियापान अघि नै केही न केही सहमति प्रयास गर्ने अनुमान छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट