मेसिनले रोप्यो धान

रत्ननगर, २ चैत । चितवनमा पहिलोपटक चार चक्के मेसिनबाट धान रोपाइँ गरिएको छ । रत्ननगर नगरपालिका-६ मा रहेको साना किसान कृषि सहकारी संस्था बछौली र खैरहनी-१२ स्थित साना किसान कृषि सहकारी संस्था कुमरोजले खरिद गरेको चार चक्के मेसिनबाट रोपाइँ गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले सहकारी संस्थामार्फत धान रोप्नका लागि चीनबाट […]

ओली र नेपालबीच छलफल जारी

काठमाडौं, २ चैत । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिस्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू वार्ताका लागि पार्टी कार्यालय धुम्बाराहीमा छन् । ओली र नेपाल पक्षबीच भैरहेको वार्तामा नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट छन् । ओली समूहबाट प्रधानमन्त्री […]

प्रधानमन्त्री ओली र नेपाल भेट हुँदै

काठमाडौं, २ चैत । नेकपा एमालेमा देखिएको विभाजनतर्फको गतिविधि रोक्ने प्रयासस्वरुप केन्द्रीय कार्यालय धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच वार्ता हुँदैछ । ओलीसँगको वार्ताका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भर्खरै धुम्बाराही पुगिसकेका छन् । उनको साथमा नेताहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र घनश्याम भुसाल धुम्बाराही छिरिसकेका छन् । ओलीको […]

माओवादी केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं, २ चैत । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । आजको बैठक हिजोकै बैठकको निरन्तरता हो । आइतबारको बैठकले माओवादीबाट निर्वाचित भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । नेकपा विभाजन पछि प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेका रामबहादुर […]

ओलीले केन्द्रीय सदस्यहरुलाई चियापानका लागि बोलाए, खनाल- नेपाल समूह नजाने

काठमाडौं, २ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चियापान कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्यहरुलाई निम्तो दिईएको छ । ओली केन्द्रीय कमिटीको बाह्रौं बैठकको सन्दर्भमा चियापान आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । केन्द्रीय कमिटी सदस्यहरुलाई बिहान ११ बजे बालुवाटारमा उपस्थित हुन एसएमएस […]