हेमन्तलाई समीक्षाको प्रश्न – अण्डा पहिले कि कुखुरा ? (भिडियो सहित)

भरतपुर, २६ फागुन ।

गायक हेमन्त शर्माले आफ्नै स्वर, शब्द र संगीतमा “हेल्लो सिस्टर हेल्लो मिस्टर” बोलको युगल गीत सार्वजनिक गरेका छन् । शर्माले बुधबार दिउँसो आफ्नै युट्युब च्यानलमार्फत गीति भिडियो प्रिमियर गरेका हुन् । गीतमा महिलाको स्वर भने गायिका समीक्षा अधिकारीले भरेकी छिन् ।

गीतका बारेमा बताउँदै शर्माले भने, “मैले यस पटक कुनै ठूलै सन्देशमूलक गीत ल्याएको होइन । गीतमा मुख्यतः ठट्यौली प्रश्नहरूको प्रयोग गरेको छु । प्रेमीप्रेमिकाले एकअर्कालाई जिस्काउँदा प्रकट गर्ने भावलाई नै गीतमा उतार्न खोजेको हुँ ।” माया बस्नुअगाडि नयाँनयाँ भेटेको मान्छेसँग कुराकानी कसरी सुरु गर्ने होला भन्ने विषयलाई गीतको विषयवस्तु बनाएको गायक शर्माले सुनाए । गीतको म्युजिक भिडियोमा भने नायक पल शाहसँगै रियासा दाहाल र गरिमा शर्माको अभिनय पनि रहेको छ ।
करिब ८ मिनेट लामो म्युजिक भिडियोमा निर्देशनको पाटो भने शिव विकले सम्हालेका छन् । गीतको एरेन्जिङ र मिक्सिङको भूमिकामा क्रमशः बी.बी. अनुरागी र श्यामश्वेत रसाइली रहेका छन् ।

करिब पाँच महिना अगाडि “तिमी बाहेक मेरो कोही छैन” बोलको गीत सार्वजनिक गरेका शर्माले दर्शक तथा श्रोतामाझ लगातार दोस्रो डुएट गीत पस्किएका हुन् । नयाँपनको प्रयोग गर्न रुचाउने गायक शर्माले आधुनिक पुस्तासँग परिचित हुनका लागि नवप्रतिभाहरूसँग युगल गीत गाएको बताए । विक्रम संवत नयाँ वर्ष २०७८ को अवसर पारी थप एउटा डुएट गीत ल्याउन लागेको गायक शर्माले सुनाए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट