चितवनमा पछिल्लो तीन दिनमा १६ हजार बढीले लगाए खोप

भरतपुर, २५ फागुन ।

कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत मंगलबार चितवनमा थप ५ हजार ८ सय ९८ जनाले पहिलो मात्राको खोप लिएका छन् । उनीहरूमध्ये २ हजार ८ सय ४४ जना महिला र बाँकी ३ हजार ५४ जना पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । फागुन २३ गतेदेखि सुरु भएको दोस्रो चरणको खोप अभियानमा जिल्लाका १६ हजार ५ सय ८२ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

मंगलबार इच्छाकामना गाउँपालिकामा १ सय ५९ जना तथा भरतपुर महानगरपालिकामा ३ हजार ६ जनाले खोप लिएका छन् । यस्तै, रत्ननगर नगरपालिकामा ९ सय ३७, राप्ती नगरपालिकामा ४ सय १५, माडी नगरपालिकामा ३ सय ३४, कालिका नगरपालिकामा ४ सय १४ र खैरहनी नगरपालिकामा ६ सय ३३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ ।

चितवन जिल्लामा यसअघि सम्पन्न पहिलो चरणको खोप अभियानमा १३ हजार ५ सय जनालाई पहिलो मात्राको खोप दिइएको थियो । प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, लगायत अग्रपंक्तीमा रहेर काम गर्ने व्यक्ति एवं सरकारी निकायका कर्मचारी तथा जनप्रतिनिधिलाई पहिलो चरणको अभियानमा खोप प्रदान गरिएको थियो । दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिइँदै छ । यद्यपि पहिलो चरणको अभियानमा छुट्न पुगेका व्यक्तिले पनि परिचय खुल्ने कागतपत्र देखाएर खोप लगाउन सक्ने बताइएको छ । हाल नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युटले निर्माण गरेको कोभिसिल्ड नामक खोप निःशूल्क प्रदान गरिरहेको छ । चितवनमा माघ १४ गतेयता मात्रै कूल ३० हजार ८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट