चितवनमा पछिल्लो तीन दिनमा १६ हजार बढीले लगाए खोप

भरतपुर, २५ फागुन । कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत मंगलबार चितवनमा थप ५ हजार ८ सय ९८ जनाले पहिलो मात्राको खोप लिएका छन् । उनीहरूमध्ये २ हजार ८ सय ४४ जना महिला र बाँकी ३ हजार ५४ जना पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । फागुन २३ गतेदेखि सुरु भएको दोस्रो […]

कला, साहित्य र संस्कृतिको नयाँ मुकाम सीजी कल्चरल भिलेज

गैंडाकोट, २५ फागुन । चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले पूर्वी नवलपरासीको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । राष्ट्रको कला, सँस्कृती, साहित्य, भेषभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगीतको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको हो । सीजी उन्नती कल्चरल भिलेज गैँडाकोट नगरपालिकाको हर्कपुरमा छ । भिलेज प्राकृतिक […]

लुम्बिनी विश्वविद्यालयले नयाँ बिषय ल्याउँदै

देवदह, २५ फागुन । नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहयोगमा वर्कसप अन एक्सन रिसर्च इनिसियसन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको देवदहस्थित होटल ऊँ दर्शन एण्ड पार्टी प्यालेसमा सोमबार आयोजित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष बाबुराम बञ्जाडेले देवदहमा लुम्बिनी बौद्ध विश्व विद्यालयका […]

प्रचण्ड र ओली अध्यक्ष रहेको नेकपा निर्वाचन आयोगद्वारा खारेज

भरतपुर, २५ फागुन । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युिनष्ट पार्टी (नेकपा) खारेज गरिदिएको छ । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको […]

चैत ९ गतेदेखि गैँडाको गणना हुने

भरतपुर, २५ फागुन । कोरोना महामारीका कारण गत वर्ष रोकिन पुगेको एकसिंगे गैँडा गणना चैत ९ देखि सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गर्ने निणर्य गरेको विभागका सूचना अधिकारी तथा पर्यावरणविद् हरिभद्र आचार्यले बताए । वन तथा भूसंरक्षण विभाग तथा प्राविधिक सहयोग गर्ने संस्थाहरू राष्ट्रिय […]

नेता रुघुजी पन्त विरुद्ध सांसद कोमल ओलीले हालिन् मुद्दा

भरतपुर, २५ फागुन । राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध अदालतमा मुद्दा दायर गरेकी छिन् । पन्तले आफ्नो मानहानी गरेको भन्दै वलीले मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी कसुरमा पन्तविरुद्ध मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा आफूलाई […]

एसईई र कक्षा १२ को परीक्षा जेठमा

भरतपुर, २५ फागुन । यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आउँदो जेठ महिनामा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले सो निणर्य गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ । […]

चितवनमा पनि ब्युँतियो एमाले पार्टी कार्यालय

भरतपुर, २५ फागुन । भरतपुर महानगरपालिका वडा नं ७ मा रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कार्यसमिति कार्यालयमा मंगलबार नेपाल कम्युनष्टि पार्टी एमालेको बोर्ड राखिएको छ । माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको अस्तित्व नरहने भनी गत आइबार सर्वाेच्च अदालतले फैसला सुनाएपछि एमाले कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड फेर्न थालेका हुन् । बोर्ड फेर्न उपस्थित […]