चितवनमा पनि ब्युँतियो एमाले पार्टी कार्यालय

भरतपुर, २५ फागुन ।

भरतपुर महानगरपालिका वडा नं ७ मा रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कार्यसमिति कार्यालयमा मंगलबार नेपाल कम्युनष्टि पार्टी एमालेको बोर्ड राखिएको छ । माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको अस्तित्व नरहने भनी गत आइबार सर्वाेच्च अदालतले फैसला सुनाएपछि एमाले कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड फेर्न थालेका हुन् ।

बोर्ड फेर्न उपस्थित भएका एमाले कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर पनि बोर्डसँगै झुण्डाएका छन् । पार्टीको झण्डा लिएर उपस्थित भएका कार्यकर्ताहरूले एमाले पार्टी ब्युँतिएको खुशीयालीमा नाचगान समेत गरेका थिए ।

सोमबार मात्रै हेटौँडा र विराटनगरमा पनि तत्कालीन नेकपा पार्टीको कार्यालय रहेको भवनलाई एमालेको पार्टी कार्यालयमा परिवर्तन गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट