कला, साहित्य र संस्कृतिको नयाँ मुकाम सीजी कल्चरल भिलेज

गैंडाकोट, २५ फागुन ।
चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले पूर्वी नवलपरासीको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । राष्ट्रको कला, सँस्कृती, साहित्य, भेषभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगीतको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको हो ।

सीजी उन्नती कल्चरल भिलेज गैँडाकोट नगरपालिकाको हर्कपुरमा छ । भिलेज प्राकृतिक सुन्दरताका बीच अवस्थित छ । चारैतिर हरियाली छ । यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथि गृह र कोठाहरू छन् । चित्रमा थारू जातिका विभिन्न मेला महोत्सव र पर्वबारे जानकारी छन् । थारू जातिका दैनिकी झल्किने वस्तु छन् । यो कल्चरल भिलेजमा थारु समुदायको सिंगो तस्बिर कुँदिएको छ ।

भिलेजमा के-के छन् ?

चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको यस भिलेजमा आर्टस् एण्ड क्राफ्ट, कल्चर, गेष्ट स्पेस र एक्पिरियन्सलगायतका कम्पोनेन्टहरू रहेका छन् ।

आर्टस् एण्ड क्राफ्ट अन्तर्गत सम्पदा (आर्ट ग्यालरी), रंगमञ्च (एमपीथियटर) बाटिका (गार्डेन अफ आर्टस्), निशर्ग सयर (नेचर वकवेज), क्राफ्ट म्युजियम, नेपालक्राफ्ट, दि एटिलियर (क्रियटिभ स्टुडियो) रहेका छन् ।
कल्चर अन्तर्गत थारू गाउँ, बाहरी (लाइभकिचन), बडाघर (डाइनिङ) डबली, गदलामोद (बार) रहेका छन् ।

गेष्ट स्पेस अन्तर्गत कला घर (आर्ट होटल), बोधिकुञ्ज (आर्ट रेसिडेन्सी), देहारी (थारू घर), आथित्य (मल्टिपर्पोज ब्लक) रहेका छन् ।

एक्पिरियन्स अन्तर्गत आर्ट एण्ड क्राफ्ट, थारू कल्चर, यथ्निककुजिन, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन् ।
सांस्कृतिक हिसाबले यहाँ थारू गाउँ छ । यस अन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई गदलामोद नाम दिइएको छ । थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो । अरू संरचनाको नाम पनि यसैगरी राखिएको छ । भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न संस्कृतिका विषयलाई पनि प्रस्तुत गरिनेछन् ।

करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ । कला र साहित्यको प्रवर्द्धनका लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ सर्जकहरू आएर सिर्जना गर्न सक्छन् । अर्गानिक खेतीपातीको प्रवर्द्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ । यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ । सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइनेछ ।

भिलेजमा “कल्चरल मल्टीपर्पस हल”पनि हुनेछ, जहाँ कल्चरल ब्यांक्वेटिङ, सभा समारोह, बैठक, सांस्कृतिक प्रदर्शनी हुनेछन् ।

भिलेजमा “कला बाटिका”का लागि छुट्टै ठाउँ तयार गरिएको छ । यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई `ओपन एयर म्युजियम´ भनिएको छ । यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई यहीँ प्रदर्शनीमा राखिनेछ ।

भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुनेछन् । त्यसका लागि यहीँ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादनहरूलाई बजारसम्म पहुँच पुर्‍याउने योजना छ । नेपाली शिल्प एवम् कलाबारे रुचि जगाउन `हिस्ट्री म्युजियम´ पनि बनाइएको छ, जहाँ नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू हुनेछन् ।

थारुसँगै अन्य समुदायका संस्कृतिलाई पनि भिलेजले समाहित गर्नेछ । नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगर लगायतका संस्कृति पनि यहाँ हुनेछन् । घाटु, सोरठीजस्ता नाच पनि प्रदर्शन गरिनेछन् ।

नेपालका सबै कलाकार एवम् साहित्यकार आएर यहाँ आफ्नो कला एवम् साहित्य सिर्जना गर्न सकून् भन्ने भिलेजको लक्ष्य हो ।

भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्छ नै, सँगै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा बढाउनेछ । स्वरोजगारका बृहत्तर योजनामा भिलेजले काम गरिरहेको छ । स्थानीयलाई नै सहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपंक्तिमा रहनेछन् ।

साहित्य महोत्सवको आयोजना
यही सीजी उन्नती कल्चरल भिजेलमा यहि फागुन २८ र २९ गते उन्नतीसँगको सहकार्यमा `फाइनप्रिन्ट फिभर´ महोत्सव आयोजना हुँदैछ । त्यसैदिन कल्चरल भिलेजको उद्घाटन लगत्तै यो महोत्सव सुरू हुनेछ ।

महोत्सवमा कलाकार अनिल शाही र उनको ब्यान्डले सांस्कृतिक प्रस्तुति दिनेछन् । वरिष्ठ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले बोल्नेछन् । डा. बाबुराम भट्टराईसँग जीवन क्षेत्रीले `गुमनाम आमाका कथा´बारे कुरा गर्नेछन् । अभिनेतृ मनीषा कोइरालासँग पत्रकार स्वरूप आचार्यले `जिजीविषा´बारे विशेष संवाद गर्नेछन् । सांसद गगन थापा र व्यवसायी एवम् लेखक जीवा लामिछानेबीच `देश देशावर´को कुरा हुनेछ । `पुँजीवादर स्वतन्त्र समाजका आधारहरू´मा लेखक, अध्येता हरि शर्मा र मुरारी पराजुलीबीच छलफल हुनेछ ।

प्रतीक्षा कट्टेलले लेखक निरञ्जन कुवँरसँग उनको नयाँ पुस्तक `बिटविन क्विन्स एन्ड द सिटिज´को सेरोफेरोमा रहेर कुरा गर्नेछिन् । `क´ कवितासंग्रहका लेखक असीम सागरसँग उपन्यासकार अमर न्यौपानेको संवाद हुनेछ । पत्रकार रवि लामिछाने र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच `राजनीतिमा राजकाज´माथि रोचक शास्त्रार्थ हुनेछ । लेखक प्रदीप गिरिले नागरिक आन्दोलन र देवेन्द्रराज पाण्डे माथि विद्वत् प्रवचन दिनेछन् । आफ्नो पुस्तक पठनको सुरुवाती दिनबारे बोल्दै कलाकार राजेश हमालले पुराना दिन सम्झिने छन् । युवा केन्द्रित उपन्यासकार सुविन भट्टराई र भर्खर `रहर´ कथासंग्रह लिएर उदाएका सुरेश बडालबीच रमाइलो संवाद हुनेछ ।

त्यस्तै डा. बाबुराम भट्टराई र सीजी फाउन्डेसन, सीजीकर्प ग्लोबका अध्यक्ष विनोद चौधरीबीच अर्थतन्त्र, विकास र समृद्धिबारे पनि रोचक कुराकानी हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट