नेता रुघुजी पन्त विरुद्ध सांसद कोमल ओलीले हालिन् मुद्दा

भरतपुर, २५ फागुन ।

राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध अदालतमा मुद्दा दायर गरेकी छिन् । पन्तले आफ्नो मानहानी गरेको भन्दै वलीले मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी कसुरमा पन्तविरुद्ध मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।

नेता पन्तले फागुन १५ गते सामाखुसीमा आयोजित एक कार्यक्रममा वलीबारे विवादित टिप्पणी गरेका थिए । उनले वलीले कुनै योगदान नै नदिई राष्ट्रिय सभासम्मको यात्रा गरेको बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो पार्टीमा २०औं वर्ष देखि विवाह नगरी महिलाहरू लागेका छन् । केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडुँला देखाएर पोइला जान पाम् भनेपछि सांसद् त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरु न एक पटक राष्ट्रिय सभाको सदस्य पनि हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्य पनि हुन पाइन् ।’

लोक दोहोरी गायिका समेत रहेकी वलीले फिरादपत्रमा मुलुकी अपराध सहिंता २०७४ को दफा ३०५(१), (२)(क) बमोजिम कसुर गरेको दाबी गर्दै पन्तलाई दफा ३०७(१) बमोजिम सजाय हुनुपर्ने माग गरेकी छिन् । मुलुकी अपराध संहिताको दफा ३०७(१) मा ‘कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई २ वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ प्रावधान रहेको छ ।

यद्यपि वलीले भने नेता पन्तले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेकाले कानुनी प्रावधानअनुसार थप एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरेकी छिन् ।

स्रोतः इकान्तिपुर

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट