चितवनमा सोमबार थप ६ हजार ८७ जनाले लिए खोप

भरतपुर, २४ फागुन ।

कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबार चितवनमा ६ हजार ८७ जनाले पहिलो मात्राको खोप लिएका छन् । उनीहरूमध्ये २ हजार ९ सय ९९ जना महिला र बाँकी ३ हजार ८८ जना पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सोसँगै दोस्रो चरणको खोप अभियानको पहिलो दुई दिनमा १० हजार ६ सय ८४ जना ज्येष्ठ नागरिकले खोप लिएका हुन् ।

सोमबार इच्छाकामना गाउँपालिकामा १ सय ७३ जना तथा भरतपुर महानगरपालिकामा २ हजार ८ सय ७३ जनाले खोप लिए । यस्तै, रत्ननगर नगरपालिकामा ८ सय ५९, राप्ती नगरपालिकामा ६ सय ४१, माडी नगरपालिकामा ५ सय १३, कालिका नगरपालिकामा ३ सय ७२ र खैरहनी नगरपालिकामा ६ सय ५६ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ ।

चितवन जिल्लामा यसअघि सम्पन्न पहिलो चरणको खोप अभियानमा १३ हजार ५ सय जनालाई पहिलो मात्राको खोप दिइएको थियो । प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, लगायत अग्रपंक्तीमा रहेर काम गर्ने व्यक्ति एवं सरकारी निकायका कर्मचारी तथा जनप्रतिनिधिलाई पहिलो चरणको अभियानमा खोप प्रदान गरिएको थियो । हाल नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युटले निर्माण गरेको कोभिसिल्ड नामक खोप प्राथमिकताका आधारमा निःशूल्क प्रदान गरिरहेको छ । चितवनमा माघ १४ गतेयता मात्रै कूल २४ हजार १ सय ८४ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट