विद्युत व्यवसायी संघ चितवनमा डोलरामको नेतृत्व

भरतपुर, २४ फागुन ।
विद्युत व्यवसायी संघ चितवनको अध्यक्षमा डोलराम न्याैपानेको चुनिएका छन् ।
संघको दशौं वार्षिक साधारणसभा तथा छैठौं अधिबेशनले न्यौपानेको नेतृत्वमा नयाँ समिति बनाएको छ । अधिवेशनले प्रथम उपाध्यक्ष नवराज सुवेदी, द्वितीय उपाध्यक्ष कृष्णप्रसाद चालिसे, तृतीय उपाध्यक्ष कृष्ण सुवेदी, सचिव गोर्खप्रसाद सापकोटा, कोषाध्यक्ष राजेश गौतमसहित १७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौड्याल प्रमुख अतिथि रहेको कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, विद्युत व्यावसायी संघ वाग्मती प्रदेश संयोजक लेखनाथ सापकोटा, संघका सल्लाहकार ऋषिप्रसाद लामिछाने, प्रजापति सापकोटा, अशोकप्रसाद लामिछाने, महासंघका प्रथम उपाध्यक्ष रेशमप्रसाद देबकोटा, लक्ष्मीप्रसाद धिताल, प्रकाश पाण्डे, कोमल पोख्रेल, शसिधर शर्मा लामिछानेलगायत विभिन्न जिल्लाबाट आएका जिल्ला संघका अध्यक्षहरु मुक्तिनाथ आचार्य, हरिहर ज्ञवाली, सरोजकुमार रेग्मी, सन्तमान श्रेष्ठ, पुरुषोत्तम भुसाल, सन्जयकुमार श्रेष्ठ, हरि पौडेल, भीमलाल श्रेष्ठ, गोपाल अग्रवाल, खगराज अधिकारी, सुजन अधिकारी अतिथि थिए ।

२०६६ सालमा पाँच जनाबाट सुरु भएको विद्युत व्यवसायी संघमा अहिले दुई सय ५० जना भन्दा बढी सदस्य आवद्ध रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि पौड्यालले अहिलेको सरकारले विद्युतीय व्यावसायीको हकहितमा घोषणा गरेको छुट लगायतका सेवा सुबिधाजन्य कर प्रणाली घोषणामा नै सीमित भएकोमा खेद प्रकट गर्दै देशभरीका विद्युतीय संघलाई एकताको सुत्रमा बाँध्न महासंघ लागिपरेको बताए ।

कार्यक्रमका अर्का अतिथि नेपाल विद्युत व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले व्यवसायीहरुलाई सीपमूलक तालिमको आवश्यकता रहेको बताउँदै व्यवसायीहरुलाई महासंघसँग सहकार्य गर्नको लागि अनुरोध गरेका थिए ।

जिल्ला अध्यक्ष भरतप्रसाद लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई डोलराम न्याैपानेले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट