मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने

काठमाडौं, २२फागुन ।
बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आजबाट पानी झर्ने भएको छ । हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी आज अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने अनुमान रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोको अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए । खत्रीका अनुसार १९ किलोमिटरको दुरीमा पानी आइपुगेको र अब एक किलोमिटर जति असजिलो भाग रहेको र त्यसपछि बाँकी भाग ओरालो भएकाले आज पानी सुन्दरीजल आइपुग्ने जनाईएको छ ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट