आइतबार बस्ने संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं, २२ फागुन । आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची सम्भावित कार्यक्रमसहित सार्वजनिक गरिएको छ । सम्भावित कार्यक्रमको कार्यसूची सार्वजनिक गर्दै संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने जनाएका छन् । लगत्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा […]

गजलकार अञ्जलि सम्मानित हुँदै

भरतपुर, २२ फागुन । चितवनका स्रस्टा पुष्प अधिकारी अञ्जलि सम्मानित हुने भएका छन् । मातृभूमि साहित्य समाज हेटौंडाले ईश्वरी स्मृति साहित्य पुरस्कार तथा सम्मान- २०७७ बाट चितवनका गजलकार अञ्जलिलाई दिने निर्णय गरेको छ । अञ्जलि चितवनमा रहेर लामो समयदेखि साहित्य साधना गरिरहेका छन् । उनी विशेषगरी गजल साहित्यमा कलम चलाउँछन् । उनी हाम्रो मझेरी साहित्य […]

लम्साललाई महालक्ष्मी साहित्य पुरस्कार

भरतपुर, २२ फागुन महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष लम्साललाई प्रदान गरिने भएको हो । पुरस्कार नगद राशि ५१ हजार रुपैयाँसहित सम्मानपत्र रहनेछ । गतवर्षसम्म २१ हजार १ रुपैयाँको […]

भोलि संसदमा आमने–सामने हुँदै दुईथरी नेकपा

काठमाडौँ, २२ फागुन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते नै संसद् अधिवेशन स्थगित गरिदिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ठूलो कलह हुँदै पार्टी विभाजनको स्थितिसम्म पुग्यो । हिउँदे अधिवेश बोलाउनुको साटो प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो । आफैंले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापना गरेर […]

मेलम्चीको पानी काठमाडौं आइपुग्यो

काठमाडौं, २२ फागुन । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खसालिएको छ । परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको […]

मेलम्चीको पानी आज सुन्दरीजल आइपुग्ने

काठमाडौं, २२फागुन । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आजबाट पानी झर्ने भएको छ । हाल परीक्षणका लागि सुरुङमा पठाइएको पानी आज अपरान्हसम्म सुन्दरीजलमा आइपुग्ने अनुमान रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोको अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए । खत्रीका अनुसार १९ किलोमिटरको दुरीमा […]