आइतबार बस्ने संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं, २२ फागुन ।
आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची सम्भावित कार्यक्रमसहित सार्वजनिक गरिएको छ ।

सम्भावित कार्यक्रमको कार्यसूची सार्वजनिक गर्दै संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने जनाएका छन् ।

लगत्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पनि सुनाउनेछन् । त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ ।

त्यसपछि विभिन्न अध्यादेश सदनमा पेस हुनेछ । सभामुखले सांसद तथा पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट