भरतपुर, २२ फागुन ।
चितवनका स्रस्टा पुष्प अधिकारी अञ्जलि सम्मानित हुने भएका छन् ।
मातृभूमि साहित्य समाज हेटौंडाले ईश्वरी स्मृति साहित्य पुरस्कार तथा सम्मान- २०७७ बाट चितवनका गजलकार अञ्जलिलाई दिने निर्णय गरेको छ । अञ्जलि चितवनमा रहेर लामो समयदेखि साहित्य साधना गरिरहेका छन् । उनी विशेषगरी गजल साहित्यमा कलम चलाउँछन् । उनी हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् ।
पुरस्कारको राशी पन्ध्र हजार रुपैयाँ रहेको छ । अञ्जलिले आगामी २९ गते उक्त पुरस्कार पाउँदैछन् ।





