दोस्रो चरणको अभियानका लागि खोप विराटनगर र हेटौँडा पठाइयो

भरतपुर, १४ फागुन ।

नेपाल सरकारले भारतको सिरम इन्स्टिच्युटबाट खरिद गरेको १० लाख डोज खोपमध्ये करिब ५ लाख डोज विराटनगर र हेटौँडा पठाएको छ । विराटनगर पठाइएको खोपले प्रदेश १ का सबै जिल्ला र प्रदेश २ का सप्तरी र सिरहालाई पनि समेट्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार काठमाण्डौं वरिपरिका नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा पनि आवश्यक खोपको मात्रा पठाइसकिएको छ । बाँकी रहेका अन्य प्रदेशमा १७ गतेभित्र खोप पठाइसक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आगामी फागुन २३ गतेबाट सुरु हुने दोस्रो चरणको खोप अभियानमा पहिलो चरणमा सञ्चालन गरिएको खोप अभियानबाट बाँकी रहेको मात्रा सुरुमा प्रयोग गर्ने र आवश्यकता अनुसार खरिद गरिएको १० लाख डोज प्रयोग हुने बताएका छन् । सरकारले खरिद गरेको २० लाख मात्रा कोभिसिल्ड दोस्रो चरणमा सञ्चालन हुने खोप अभियानमा पहिलो मात्रा लगाउन पुग्ने मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा सञ्चालन हुने अभियानमा ५५ वर्ष माथिका करिब ३६ लाख जनालाई समेट्ने मन्त्रालयको लक्ष्य रहेको प्रवक्ता गौतमले बताए ।

सरकारले खरिद गरेको २० लाख डोज खोप मध्ये १० लाख डोज फागुन ९ गते नै काठमाण्डौं आइसकेको छ भने बाँकी १८ गतेभित्र आइसक्ने मन्त्रालयले जनाएको छ । सरकारले पहिलो चरणमा माघ १४ गतेदेखि सञ्चालन गरेको कोभिड १९ विरुद्धको खोप अभियानमा पहिलो प्राथमिकतामा परेका ४ लाख २९ हजार ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उपलब्धताका आधारमा सरकारले अब भने उमेर समूहका आधारमा खोप लगाउने तयारी गरेको छ ।

स्रोतः इकान्तिपुर डट कम

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट