चितवनको प्रमुख जिल्ला अधिकारीका रूपमा लामिछाने आउँदै

भरतपुर, १४ फागुन ।

चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा प्रेमलाल लामिछाने आउने भएका छन् । गृह मन्त्रालयले शुक्रबार विभिन्न ३६ जिल्लाका लागि प्रजिअहरूको सरुवा गरेको हो । लामिछाने गृह मन्त्रालयमा कार्यरत भएकोमा काज सरुवा भई चितवन आउन लागेका हुन् ।

चितवनका पछिल्ला प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको छ । भट्टराईले २०७६ मंसिर २३ गतेदेखि चितवन जिल्ला प्रशासन कार्यालयको कार्यभार सम्हालेका थिए ।

चितवन जिल्लामा सहायक प्रजिअको रूपमा सरुवा भई लीलाधर अधिकारी पनि आउने भएका छन् । उनीे जिल्ला प्रशासन कार्यालय बर्दियाबाट सरुवा भई आउन लागेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट