ओली पक्षको नेकपाले गुरुङलाई हटाई भट्टराईलाई बनायो संसदीय दलको प्रमुख सचेतक

भरतपुर, १४ फागुन ।

अध्यक्ष केपी शर्मा ओली समूहको नेकपाले नेता विशाल भट्टराई पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहका नेता देव गुरुङलाई हटाएर ओली समूहका भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले भट्टराईलाई मनोनयन गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रदेश १ का सांसदहरूको भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताए । विद्यार्थी आन्दोलनमा लामो समय क्रियाशील भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आमनिर्वाचनमा खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

स्रोतः इकान्तिपुर

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट