भरतपुर, १४ फागुन ।
नेपाली गजल साहित्यका मानक स्रस्टाहरू बूँद राना र अमला अधिकारीलाई सम्मान गरिने भएको छ ।
वाल्मीकि साहित्य सदन रत्ननगर चितवनका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा बिहिबार बसेको बैठकले गजलकारहरू राना र अधिकारीलाई सम्मान गर्ने निर्णय गरेको हो । चितवनका गजलकार धनराज गिरीले स्थापना गरेको आवाज गजल सम्मान तथा पुरस्कार अन्तर्गत यस वर्षको `सुदीर्घ साधना पुरस्कार´ सुप्रसिद्द गजलकार प्राज्ञ बूंद राना र `युवा गजल साधक पुरस्कार´ अमला अधिकारीलाई प्रदान गरिन लागिएको हो ।
पुरस्कारको राशि क्रमशः ३१ हजार र २० हजार नगद सहित सम्मानपत्र रहेको छ । पुरस्कार आउँदो चैत महिनामा सौराहामा कार्यक्रम गरि प्रदान गरिने धनराज गिरीले बताए ।




