भरतपुर, २७ पुस ।
रोटरी क्लब अफ नारायणी मिड टाउन चितवनले जिल्लाको इच्छाकामना गाँउपालिका अन्तर्गत रहेको श्री राष्ट्रिय मावि गर्दासमा खानेपानी मेसिन जडान गरेको छ ।
महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको १ लाख ६५ हजार र मिड टाउनको पनि सोही बराबरको रकम गरी कुल ३ लाख ३० रुपैयाँमा शुद्ध खानेपानी मेसिन जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।
साथै क्लबले विद्यालयका झण्डै ३९० जना विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ भने क्लब का २२ जना सदस्यले निम्न वर्गका जेहेन्दार २२ जना विद्यार्थीलाई पढाउने सम्पूर्ण खर्च सहित न्यानो कपडा उपलब्ध गराए । सोही कार्यक्रममा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत क्लबका आइपीपी रोटरियन आशिष भण्डारीले प्रशिक्षण दिएका थिए । क्लबका प्रथम उपाध्यक्ष अर्पणा प्रधान भण्डारीले कक्षा ७, ८, ९ र १० का छात्राहरुलाई महिनावारी सम्बन्धमा आवश्यक जानकारी सहितको प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा क्लबका अध्यक्ष यामनाथ दनैले सामाजिक उत्तरदायित्व स्वरुप रोटरीयनहरुले यो कार्यक्रम गरेको बताए । `रोटरीको टिच कार्यक्रम अन्तर्गत नै विद्यालयमा यी कार्यक्रमहरु भएका हुन्,´ अध्यक्ष दनैले भने ।





