गर्दासकाे स्कुलमा राेटरीकाे खानेपानी मेसिन

भरतपुर, २७ पुस । रोटरी क्लब अफ नारायणी मिड टाउन चितवनले जिल्लाको इच्छाकामना गाँउपालिका अन्तर्गत रहेको श्री राष्ट्रिय मावि गर्दासमा खानेपानी मेसिन जडान गरेको छ । महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको १ लाख ६५ हजार र मिड टाउनको पनि सोही बराबरको रकम गरी कुल ३ लाख ३० रुपैयाँमा शुद्ध खानेपानी मेसिन जडान गरी […]

टिम नेपोको संयोजनमा कारागारमा पुस्तक

भरतपुर, २७ पुस । भरतपुर कारागारमा रहेका कैदी बन्दीहरूलाई समय व्यवस्थापन गर्न सजिलो होस् भन्ने हेतुले पुस्तक उपलब्ध गराइएको छ । टिम नेपोले लियो क्लब अफ भरतपुर युथसँग समन्वय गरेर कारागारको पुस्तकालयमा रहनेगरि उपयोगी पुस्तकहरू उपलब्ध गराएको हो । सोमबार एक कार्यक्रमको आयोजना गरि टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई पुस्तक […]

अष्ट्रेलिया विरुद्ध भारतले गर्‍यो बराबरी

भरतपुर, २७ पौष । भारत र अष्ट्रेलियाबीचको टेष्ट सिरीजको तेस्रो खेल बराबरीमा टुंगिएको छ । भारतले टेष्टको पाँचौँ दिन सोमबारभरि ब्याटिङ गर्दै टेष्ट जोगाउन पुगेको हो । भारतलाई खेल जित्न दोस्रो पारीमा ४०७ रन बनाउनुपर्ने थियो । भारतले ९८ रनमा दुई विकेट गुमाएको अवस्थाबाट पाँचौँ दिनको खेल थालेको थियो । खेल बराबरी हुँदा भारतले आफ्नो […]

पत्रकारिता विषयका विद्यार्थीहरूलाई व्यवहारिक तालिम

भरतपुर, २७ पौष । पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै तीन दिने कार्यशाला सुरु गरिएको छ । कार्यशालामा भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहभागी गराइएको छ । कार्यशालाको आयोजना भने अदब मिडिया प्रा.लि.ले गरेको हो । कार्यशाला पौष २७ देखि २९ गतेसम्म बिहानी समयमा सञ्चालन हुनेछ । […]

‘दिव्य-उपदेश’ के हो ? पढ्नुहोस् १० उपदेश

दिव्य-उपदेश के हो ? राजा श्री ५ पृथ्वीनारायण शाह नुवाकोट गएका बेला आफ्नो अन्तिमअन्तिम समयमा भाइभारदारहरूलाई जम्मा गरी दिएको अर्ति एवं उपदेशलाई हाल पृथ्वीनारायणको दिव्य-उपदेश भनेर चिनिन्छ । दिव्य–उपदेश कहाँ थियो त ? काजी अभिमानसिंह बस्नेतको घरमा । अभिमानका घरमा बस्ने लेखापढीको काम गर्ने वंशधर मुखिया श्री भक्तबहादुरसँग यसको प्रति सुरक्षित रहेछ । इतिहासकारद्वय बाबुराम […]

राजसंस्थाले मात्रै देश जोगाउँछ: राप्रपा चितवन

भरतपुर, २७ पुस राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर चितवनमा झाँकी सहितको पदयात्रा निकालिएको छ । केन्द्रीय बस ट्रमिनलबाट निस्केको पदयात्रा हाकिमचोक–चौविसकोठी–मालपोत चोक–हुलाकचोकहुँदै पुनः बसट्रमिनल पुगेको थियो । पदयात्रामा राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा नारा लगाइएको थियो । पदयात्रामा थारु, तामाङ, मगरलगायतका जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो । पञ्चैबाजाको समूह समेत पदयात्रामा सहभागि बनेको थियो । राप्रपा […]

जनताको माझ जान इमान्दार अनुहारको खोजीमा प्रचण्ड-माधव गठबन्धन

कहाँसम्म पुगेर टुँगिएला त बाबुरामहरुसँगको सहयात्रा? आदित अजात समाजशास्त्रीहरुको बहसको विषय अझैं होला तर मुलुकमा जनवादी क्रान्ति सम्पन्न भएको र अब समाजवादी राज्य व्यवस्था स्थापनाको लागि अघि बढ्ने समान बुझाइका साथ दुई ठूला कम्युनिष्ट पार्टीको एकता भएर यहाँ सम्म आइपुगेको अवस्था हामी सबैलाई थाहाँ छ । यद्यपि पछिल्लो सरकार गठनसँगै प्रधानमन्त्री ओलीको हरेक कदममा पार्टी […]