पत्रकारिता विषयका विद्यार्थीहरूलाई व्यवहारिक तालिम

भरतपुर, २७ पौष ।

पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै तीन दिने कार्यशाला सुरु गरिएको छ । कार्यशालामा भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहभागी गराइएको छ । कार्यशालाको आयोजना भने अदब मिडिया प्रा.लि.ले गरेको हो । कार्यशाला पौष २७ देखि २९ गतेसम्म बिहानी समयमा सञ्चालन हुनेछ ।
कार्यशालाको उद्घाटन सत्रमा बोल्दै पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले विद्यार्थीहरूलाई कार्यशालाको भरपुर फाइदा लिन आग्रह गरे । कक्षामा सैद्धान्तिक ज्ञान सिकेको भएपनि त्यसलाई व्यवहारमा नउतारिकन सिकाइ पूरा नहुने उनको भनाइ थियो ।

क्याम्पसबाट उत्पादित जनशक्ति विभिन्न मिडियामा आबद्ध भएको देख्दा आफूलाई निकै खुशी मिल्ने गरेको क्याम्पस प्रमुख मणिराज महतोले बताए । क्याम्पसमा स्थापित आमसञ्चार प्रयोगशालालाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । क्याम्पसमा पत्रकारिता विषयको स्नातकोत्तर कार्यक्रम पनि सञ्चालन गराउनु आफूहरूको प्रमुख लक्ष्य भएको उनले सुनाए ।

कार्यक्रममा बोल्दै पत्रकार तथा क्याम्पसका आमसञ्चार विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीले नवआगन्तुक पत्रकारहरूका निम्ति कार्यशाला फलदायी हुने विचार राखे । अदब मिडिया नेटवर्कका कार्यकारी निर्देशक तथा विषयका सहायक प्राध्यापक दीपेन्द्र अधिकारीले सिकाइ जीवनपर्यन्त चल्ने भएकाले नयाँ कुरा सिक्न सबैमा उत्सुकता हुनुपर्ने बताए । कार्यक्रममा सप्तगण्डकी आमसञ्चार क्लबका अध्यक्ष असल गैरेले पनि स्वागत मन्तव्य राखेका थिए । यस्तै औपचारिक कार्यक्रम अस्मिता घिमिरेले सञ्चालन गरेकी थिइन् ।

कार्यशालाको पहिलो दिन सोमबार पत्रकार रमेशकुमार पौडेलले प्रस्तुतीकरण दिएका थिए । कार्यशालामा भरतपुर महानगरपालिका वडा नं १० को कार्यालयले समेत समन्वय रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट