अमेरिकी राष्ट्रपतिमा बाइडेन विजयी भएको अमेरिकी कंग्रेसको पुष्टि

वासिङ्टन, २३ पौष ।

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको कंग्रेसले पुष्टि भएको हो ।

बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरेको अमेरिकी कंग्रेसका उपराष्ट्रपति माइक पेन्सले घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । सिनेटमा जर्जिया र पेन्सिलभेनियामा बाइडेनको जितलाई लिएर केही रिपब्लिक सांसदले गरेको अवरोधलाई भने सिनेटले खारेज गरिदिएको छ । केही रिपब्लिकन सांसदले एरिजोना, नेभादा र मिचिगनको नतिजा प्रमाणित गर्ने बेलामा पनि अवरोधको प्रयास गरेका थिए ।

बुधबार बिहान ट्रम्प समर्थकहरुद्वारा वासिङ्टनमा हिंसा मच्चाएपछि बाइडेन र ह्यारिस विजयी भएको प्रमाणित गरिएको हो । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित उम्मेदवारलाई अमेरिकी संसद्को संयुक्त सदनले प्रमाणित गर्नुपर्नेछ । बुधबार त्यही प्रक्रिया सुरु गर्न लाग्दा ट्रम्प समर्थक हतियारसहित क्यापिटल हिल्स भवनमा प्रवेश गरेपछि केही समय सदनको सत्र रोकिएको थियो । अब बाइडेन र ह्यारिसले जनवरी २० तारिखका दिन अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदको शपथ लिनेछन् ।

बुधबारदेखि सुरु भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले जनाएका छन् । हिंसात्मक प्रदर्शन जारी रहेकाले वासिङ्टनमा कर्फ्यु लगाइनुका साथै आगामी १५ दिनसम्म संकटकाल घोषणा गरिएको छ ।

ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार

आफ्नो उक्साहटमा अमेरिकी राजधानीमा हिंसा भड्किइसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वक्तव्य जारी गर्दै आफू ‘विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । नोभेम्बरमा भएको चुनावको नतिजाप्रति असन्तुष्टि हुँदा हुँदै पनि आफू जनवरी २० मा विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार रहेको ट्रम्पले बताएका हुन् । ‘चुनावी नतिजाका बारेमा असहमत भए पनि जनवरी २० मा विधिपूर्वक सत्ता हस्तान्तरण हुनेछ’, उनले भने ।

(बीबीसीको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट