टेष्ट जोगाउन वेष्ट इण्डिज संघर्षरत

भरतपुर, २० मंसिर ।

न्यूजील्याण्ड विरुद्ध जारी टेष्ट शृंखलाको पहिलो खेलमा वेष्ट इण्डिजले हार टार्न संघर्ष गरिरहेको छ । तेश्रो दिनको खेल सकिँदा उसले आफ्नो दोश्रो पारीमा ६ विकेट गुमाएर जम्मा १९६ रन बनाएको छ । यो अवस्थामा ऊ न्यूजील्याण्डभन्दा अझै १८५ रनले पछाडि छ । न्यूजील्याण्डलाई खेल जित्न थप चार विकेट लिनुपर्ने छ भने वेष्ट इण्डिजले खेल जोगाउन ठूलै साझेदारी गर्नुपर्ने देखिन्छ ।
वेष्ट इण्डिजका लागि दोश्रो पारीमा जेरमेन ब्लेकउड ८० तथा अल्जारी जोसेफ ५९ रन बनाएर खेलिरहेका छन् । बलिङमा भने नील वाग्नरले २ विकेट लिएका छन् । यस्तै, टिम साउथी, टे«न्ट बोल्ट, काइल जेमिसन र ड्यारिल मिचेलले आफ्नो नाममा समान १–१ विकेट लेखाएका छन् ।

यसअघि तेश्रो दिनको खेल सुरु हुँदा वेष्ट इण्डिजले आफ्नो पहिलो पारीलाई ४९–० को अवस्थाबाट निरन्तरता दिएको थियो । खराब ब्याटिङका कारण १३८ रनमै अलआउट भएपछि क्यारेबियन टोलीलाई न्यूूजील्याण्डले फलो अनको निम्तो दिएको हो । वेष्ट इण्डिजका लागि पहिलो पारीमा जोन क्याम्पबेलले २६ तथा जेसन होल्डरले २५ नट आउट रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक हुन सकेन । बलिङतर्फ साउथीले ४, जेमिसन र वाग्नरले २–२ तथा बोल्टले १ विकेट लिए ।

न्यूजील्याण्डले भने आफ्नो पहिलो पारी ५१९ रनमा ७ विकेट गुमाएको अवस्थामा डिक्लेयर गरेको थियो । सो क्रममा किवी टोलीका कप्तान समेत रहेका केन विलियमसनले २५१ रनको इनिङ खेलेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट