नारायणी सामुदायिक वन उपभोक्ता समूहको ८औं साधारणसभा सम्पन्न

गैँडाकोट, २० मंसिर । नारायणी सामुदायिक वन उपभोक्ता समूह ६, ७ र ९ को ८औं साधारणसभा तथा गरिव विपन्न बालमैत्री विद्यालय भवन र गरिब विपन्न घर हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर -६ मा रहेको सिर्जनशील प्राथमिक विद्यालय गरिव तथा विपन्न बालबालिकाहरुले अध्ययन गर्ने विद्यालय भएका कारण नारायणी सामुदाायिक वन […]

टेष्ट जोगाउन वेष्ट इण्डिज संघर्षरत

भरतपुर, २० मंसिर । न्यूजील्याण्ड विरुद्ध जारी टेष्ट शृंखलाको पहिलो खेलमा वेष्ट इण्डिजले हार टार्न संघर्ष गरिरहेको छ । तेश्रो दिनको खेल सकिँदा उसले आफ्नो दोश्रो पारीमा ६ विकेट गुमाएर जम्मा १९६ रन बनाएको छ । यो अवस्थामा ऊ न्यूजील्याण्डभन्दा अझै १८५ रनले पछाडि छ । न्यूजील्याण्डलाई खेल जित्न थप चार विकेट लिनुपर्ने छ भने […]

खैरहनीमा माटो परीक्षण प्रयोगशालाको उद्घाटन

चितवन, २० मंसिर । खैरहनी नगरपालिकाले माटो परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । विश्व माटो दिवसको अवसर पारेर शनिबार प्रयोगशालाको उद्घाटन गरिएको हो । जिल्लामा स्थानीय पालिका आफैले सञ्चालनमा ल्याएको यो प्रयोगशाला पहिलो हो । प्रयोगशालाको उद्घाटन जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले गरेका थिए । त्यसपछि नगर प्रमुख लालमणि चौधरीले माटो प्रयोगशाला टेक्निसियनलाई […]

मनाइयो स्वयंसेवक दिवस

चितवन, २० मंसिर । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरेर खैरहनीमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइएको छ । खैरहनी नगरपालिकाको आयोजना तथा खैरहनी नगर युवा सञ्जाल र इलाका प्रहरी कार्यालय खैरहनीको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो । खैरहनी नगरपालिकाको गेटदेखि चौबीसकोठीसम्म सचेतना र्याली निकालिनुका साथै सन्देशमूलक पर्चा पनि वितरण गरिएको कार्यक्रम संयोजक प्रेम शिलवालले […]

नम्रता श्रेष्ठले जितिन् मिस नेपाल २०२० को उपाधि

काठमाडौं, २० मंसिर । मिस नेपाल-२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । काठमाडौं घर भएकी श्रेष्ठ १८ नम्बरकी प्रतिस्पर्धी थिइन् । २३ वर्षीया श्रेष्ठ समाजशास्त्रकी विद्यार्थी पनि हुन् । मिस नेपाल-२०२० मा ‘मिस नेपाल अर्थ -२०२०’ को उपाधि सुप्रिया श्रेष्ठले जित्‍न सफल भएकी छिन् भने मिस नेपाल इन्टरनेशनल को उपाधि सन्ध्या शर्माले जितिन् । […]

पत्रकारिताको क्षेत्रमा रहेका विकृतिहरूलाई ‘मोसो’को प्रहार

भरतपुर, २० मंसिर । पत्रकार सूर्यप्रकाश कँडेलद्वारा लिखित `मोसो´ उपन्यास पाठकहरूका लागि उपलब्ध भएको छ । उक्त उपन्यासको शनिबार वरिष्ठ पत्रकार तथा साहित्यकार रेशम विरही र लेखकका पिता डिलाराम कँडेलबाट संयुक्त रूपमा विमोचन गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा आयोजित कार्यक्रममा लेखक कँडेलले उपन्यास पत्रकारिता क्षेत्रमा व्याप्त विकृतिका बारेमा भएको जानकारी दिए […]

जाग, उठ र देखाऊ तिम्रो रास्ट्रवाद !

कविता दुनियाँ बदल्ने कसम खाएका ए प्रजातन्त्रवादी भनाउँदाहरु हो ! तिम्रो समाजवादले तिम्रो राष्ट्रियताको हुँकारले देशलाई अधोगतितिर धकेलेर आफ्नै पार्टीभित्र प्रजातान्त्रिक पद्धति बसाल्न देखाउन नसकेर आफ्नै धोती खुस्केको पत्तो पाएनौ है ! प्रतिपक्षीको धर्म जनताको आवाज उठाउने हो भन्ने बिर्सी एउटै पार्टीभित्र गुट उपगुट ती सभा उपसभा कोठे र होटले बैठकहरुमा थोरै भएका राम्रालाई पाखा […]

मोसोमा पत्रकारिताभित्रको विसंगतिसँगै प्रेमको स्वाद पाउन सकिन्छ : कँडेल

युरेका पब्लिकेसन्सबाट प्रकाशित मोसो उपन्यास आज शनिबार भरतपुरमा सार्वजनिक हुँदैछ । चितवनका पत्रकार सूर्यप्रकाश कँडेलको पहिलो पुस्तक हो यो । अढाइ दशक लामो समय पत्रकारिता गरेका कँडेलले उपन्यासमा पत्रकारलाई नै मुख्य पात्र बनाएका छन् । पत्रकारिताका विकृतिलाई उपन्यासको बिषय बनाएका उनले मुख्य पात्रलाई खलनायकका रूपमा ढालेका छन् । आख्यान पढ्न रुचाउने पाठकका लागि मोसो फरक […]