चितवन, २० मंसिर ।
सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरेर खैरहनीमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइएको छ । खैरहनी नगरपालिकाको आयोजना तथा खैरहनी नगर युवा सञ्जाल र इलाका प्रहरी कार्यालय खैरहनीको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।
खैरहनी नगरपालिकाको गेटदेखि चौबीसकोठीसम्म सचेतना र्याली निकालिनुका साथै सन्देशमूलक पर्चा पनि वितरण गरिएको कार्यक्रम संयोजक प्रेम शिलवालले जानकारी दिए । सो अवसरमा सवारी साधनहरूमा ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी सन्देशमूलक पर्चा टाँसिएको थियो । कार्यक्रममा नगरपालिकाको सामाजिक विकास समिति संयोजक समेत रहेका वडा नं ७ का अध्यक्ष मनेजर महतो, नगर प्रवक्ता एवम् वडा नं ६ का अध्यक्ष रामशरण पाण्डे, नगरपालिका रोजगार संयोजक रमेश पौडेल, खैरहनी नगर युवा सञ्जालका पदाधिकारी, सदस्यहरू, इलाका प्रहरी कार्यालय खैरहनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।





