जाग, उठ र देखाऊ तिम्रो रास्ट्रवाद !

कविता

दुनियाँ बदल्ने कसम खाएका
ए प्रजातन्त्रवादी भनाउँदाहरु हो !
तिम्रो समाजवादले
तिम्रो राष्ट्रियताको हुँकारले
देशलाई अधोगतितिर धकेलेर
आफ्नै पार्टीभित्र प्रजातान्त्रिक
पद्धति बसाल्न
देखाउन नसकेर
आफ्नै धोती खुस्केको
पत्तो पाएनौ है !

प्रतिपक्षीको धर्म जनताको
आवाज उठाउने हो भन्ने बिर्सी
एउटै पार्टीभित्र गुट उपगुट
ती सभा उपसभा
कोठे र होटले बैठकहरुमा
थोरै भएका राम्रालाई पाखा लगाएर
हाम्रा मान्छेको वकालत गर्दै
कस्तो समाजवाद चिच्याउँदै छौ ?

हे परिवर्तनका,
जनवादका,
अग्रगामी छलाङका
अगुवा भनाउँदाहरु हो !
देशको स्वाधिनता धरापमा पारेर
हरूवा चरुवालाई काखी च्यापेर
सुकिला मुकिला र हुनेखानेहरुको
भ्रष्टाचार र कमिसनखोरको साक्षी बसेर
दोहोरी जुहारी मै पाँच वर्ष बिताउँदै
कुन अयोध्यानगर र राम राज्यको
आदर्श फलाक्दै छौ तिमी !

उद्यमशीलताको, कृषि क्रान्तिको
गाथा गाएर नथाक्ने
वाकपटुतामा आदर्शवान देखिने
हे बुद्धिजिवी भनाउँदाहरु हो !
भएका चलेका उद्योग बन्द गराएर
यो महामारीका बीच पनि
आगो ओकल्ने युवालाई
झोला बोकाएर
रेमिट्यान्स भित्राएर
त्यसैको खुशीयालीमा चियर्स गर्दैछौ
तिम्रो कृषि क्रान्तिलाई गिज्याउँदै
जनता मल किन्ने लाइनमा
बेहोस हुँदैछन अत्तालिएर
कुनै दिन यस्तो सुन्न, देख्न नपरोस्
तिमी र तिम्राहरुले उत्पादन गरेको
बिष किन्न
जनता यसरी नै
पंक्तिबद्द हुने दिन नआओस् !

आफूलाई फरक र उन्नत देशको आधारशिला मान्ने
आफैले आफूलाई बैकल्पिक शक्तिको
उपमा दिने
हे राजनीतिक बेरोजगारहरु हो !
शक्ति र पदको महत्व बुझ्न नपाउँदै
एउटा चुनावसम्म पनि सँगै
हातेमालो गर्न नसकेर
राजनीतिलाई फलामको चिउरा र
स्वार्थको फोहोरी खेल
प्रमाणित गर्नेहरु हो !
त्याग र बलिदानीको
कस्तो पाठ सिकाउँदै छौ
आउने पिँढीलाई ?

एक युगमा एक सपुत बनेका
हे राष्ट्रप्रेमी देशप्रेमीहरु हो !
आफूभित्रको सुगन्ध थाहा पाएर पनि
जनताको माया सद्भाव सङ्गालेर पनि
अब भौतारिएर कहाँ पुग्ने हौ ?
खराब र खराबका बीचबाट
खराबै छान्न पर्ने यो कस्तो
बाध्यता बनाउँदैछौ जनतालाई
जाग, उठ र देखाऊ
तिम्रो राष्ट्रवाद !
कार्यकुशलता र राष्ट्रप्रेम उसैगरी
बिग्रेको यो देशको राजनीतिमा पनि !
देश र जनता सपार्ने यो मूलनीतिमा पनि !

देवचुली नगरपालिका- ७ नवलपरासी

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट