सवारी दुर्घटनामा परि सञ्चारकर्मी मनिषाको निधन

दाङ, २ मंसिर । [रासस]
तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरी निवासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी सोमबार अपराह्न मृत्यु भएको छ ।

बिजौरीबाट आफू कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लु अ क ३९४६ नम्बरको स्कार्पिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए ।

दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो । मनिषाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत थिइन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठक्कर दिने गाडी र चालक अहिले नियन्त्रणमा रहेको बताए ।

घाइते विराजको भने कोहलपुरमै उपचार भइरहेको बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट