नेवार समुदायले आज पनि भाइटीका लगाउँदै

काठमाडौँ, २ मंसिर । नेवार समुदायका केही समूहले आज मंगलबार पनि भाइटीका लगाउँदैछन् । सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा)का लागि मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ । आज बिहान केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायले भाइटीका लगाउन लागेका हुन् । तर, धेरैजसोले भने सोमबार नै भाइटीका लगाइसकेका छन् । भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित […]
सवारी दुर्घटनामा परि सञ्चारकर्मी मनिषाको निधन

दाङ, २ मंसिर । [रासस] तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरी निवासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी सोमबार अपराह्न मृत्यु भएको छ । बिजौरीबाट आफू कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लु अ क ३९४६ नम्बरको स्कार्पिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा […]
तिहारमा एकैदिन ३९ वटा आगलागीका घटना, १ जनाको मृत्यु, ५ घाइते

भरतपुर, २ मंसिर । तिहारमा एकै दिन देशभर ४२ वटा विपद्जन्य घटना भएका छन् । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३० कात्तिक बिहान १० बजेदेखि १ मंसिर बिहान १० बजेसम्म भएका घटनामा अधिकांश आगलागीका छन् । ४२ मध्ये ३९ वटा आगलागीका घटना रहेको प्राधिकरणले जनाएको छ । ती घटनामा १ […]