गैंडाकोट, २९ कात्तिक ।
पत्रकार एवम् लेखक वसन्त पराजुलीले एक कार्यक्रमका विच अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेका छन् । कुमाता कथासङ्ग्रहका लेखक तथा पत्रकार पराजुलीले अनुक्रोश उपन्यासकी स्रस्टा नानी बिवुको नाममा स्थापित नानी बिवु फाउन्डेसनमा अक्षयकोष स्थापनार्थ गत शुक्रबार पाँच हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।
फाउन्डेसनका अध्यक्ष कृष्णप्रसाद पराजुली र उपन्यासकार नानी बिवुलाई सो रकम हस्तान्तरण गरिएको हो । गैंडाकोट निवासी स्रष्टा बिवु अल्पदृष्टिबिहिन छन् । उनले मोबाइलमा नै लेखेर अनुक्रोश उपन्यास प्रकाशित गरेकी हुन् । पराजुलीले प्रथम दाताको रुपमा नानी बिवु फाउन्डेसनलाई आर्थिक सहयोग गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका सदस्यहरू लेखराम सापकोटा र शान्ति शर्माको पनि उपस्थिति थियो ।




