आँगनमै आयो दीपावलीको रौनक (फोटो फिचर)

भरतपुर, २९ कार्तिक । आज तिहारको तेश्रो दिन । तिहार हिजोबाट सुरु भएको भएपनि कुकुर तिहार र लक्ष्मी पूजा भने आज एकै दिन परेका थिए । भरतपुर महानगरपालिकाको वडा नं ४ को बजारी क्षेत्र धर्मचोकमा साँझदेखि नै मानिसको भीड थियो । कसैले घरको मूल ढोकामा सजाउन भनी मखमली फूलका माला किनिरहेका देखिन्थे । कसैले रंगवली […]

प्राकृतिक बत्ती बालेर दीपावली मनाऔँ

भरतपुर, २९ कार्तिक । हिन्दू धर्मावलम्बीहरूका लागि दीपावली एउटा विशेष चाड हो । नेपाली समाजमा तिहारका रूपमा प्रख्यात यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा पर्दछ । त्यस दिन हरेकले आआफ्ना घरआँगनमा बत्ती बालेर उनै धनकी देवी लक्ष्मीको आह्वान गर्ने गर्दछन् । दीपको आवली अर्थात् बत्तीको पंक्ती बनाएर उत्सव गरिने भएकाले पनि यस पर्वलाई दीपावली भन्ने गरिएको […]

बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्ने

काठमाडौँ, २९ कात्तिक । यस वर्ष पनि भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्‍वर मन्दिर खुल्ला गरिने भएको छ । सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । हरेक वर्ष भाईटीकाको दिन सर्वसाधारणको लागि खुल्ला हुने बालगोपालेश्‍वर मन्दिरमा आफ्ना दिदीबहिनी नहुनेहरूले भाइटीका लगाउने परम्परा चलिआएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिर हालै मात्र […]

पछिल्लो २४ घण्टामा कोरोनाका १९६४ संक्रमित थपिए

काठमाडौँ, २९ कात्तिक । पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ९ सय ४६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । २४ घण्टामा कोभिड-१९ संक्रमणका कारण थप १३ जनाको ज्यान गएको छ । योसँगै कोभिडका कारण हालसम्म १ हजार २ सय १५ जनाको […]

आफ्नो उपचार खर्च आफै बेहोर्छु – डा. केसी

काठमाडौँ, २९ कात्तिक । डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन् । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने बताएका थिए । त्यसपछि डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट विज्ञप्ति जारी गर्दै आफ्नो खर्च आफै बेहोर्ने बताएका हुन् । […]

अक्षयकोष स्थापनाका लागि पत्रकार पराजुलीको सहयोग

गैंडाकोट, २९ कात्तिक । पत्रकार एवम् लेखक वसन्त पराजुलीले एक कार्यक्रमका विच अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेका छन् । कुमाता कथासङ्ग्रहका लेखक तथा पत्रकार पराजुलीले अनुक्रोश उपन्यासकी स्रस्टा नानी बिवुको नाममा स्थापित नानी बिवु फाउन्डेसनमा अक्षयकोष स्थापनार्थ गत शुक्रबार पाँच हजार रुपैया आर्थिक सहयोग गरेका हुन् । फाउन्डेसनका अध्यक्ष कृष्णप्रसाद पराजुली र उपन्यासकार नानी बिवुलाई […]

मंसिर २ गतेदेखि खुला सडकमा खाना नखुवाईने

काठमाडौँ, २९ कात्तिक । आगामी मंसिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने जनाइएको छ । काठमाडौँ महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच भएको छलफलले उक्त निर्णय […]