कमला ह्यारिस पहिलाे महिला अश्वेत अमेरिकी उपराष्ट्रपति

भरतपुर, २२ कात्तिक ।
कमला ह्यारिस अमेरिकाकाे उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

कमला अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बनेकी हुन् । निर्वाचित भएसँगै कमलाले नयाँ इतिहास बनाएकी छन् । कमलाले पहिलो अमेरिकी महिला उपराष्ट्रपति, अश्वेत राष्ट्रपति र पहिलो दक्षिण एसियाली मूलकी उपराष्ट्रपतिकाे इतिहास बनाएकी छन् ।

भारतीय मूलकी कमलाले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आएकी थिइन् । कमला जमैकन र भारतीय आप्रवासीकी सन्तान हुन् । कमलाकाे जितकाे कामना गर्दै उनकाे मावली गाउँ भारतकाे केरलामा विशेष पूजा समेत गरिएकाे थियाे ।

कमला अमेरिकी इतिहासमा प्रथम इन्डियन-अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटर समेत हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट