कमला ह्यारिस पहिलाे महिला अश्वेत अमेरिकी उपराष्ट्रपति

भरतपुर, २२ कात्तिक । कमला ह्यारिस अमेरिकाकाे उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् । कमला अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बनेकी हुन् । निर्वाचित भएसँगै कमलाले नयाँ इतिहास बनाएकी छन् । कमलाले पहिलो अमेरिकी महिला उपराष्ट्रपति, अश्वेत राष्ट्रपति र पहिलो दक्षिण एसियाली मूलकी उपराष्ट्रपतिकाे इतिहास बनाएकी छन् । भारतीय मूलकी कमलाले सन् २०१७ देखि सिनेटरको […]
अमेरिकी रास्ट्रपतिमा बाइडेन विजयी

भरतपुर, २२ कात्तिक । अमेरिकाको ४६औँ राष्ट्रपतिमा जोय बाइडेन विजयी भएका छन् । रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन राष्ट्रपति निर्वाचनमा विजयी भएका हुन् । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो । जितका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम […]
सांसदले दशैंँ भत्ता लिनु भ्रष्टाचार होइन – प्रधानमन्त्री

भरतपुर, २२ कात्तिक । प्रधामन्त्री केपी शर्मा ओलीले संघीय सांसदहरूले दशैँ भत्ता लिएको कुराको प्रतिरक्षा गरेका छन् । शनिबार राति एपिवान टेलिभिजनसँगको कुराकानीका क्रममा प्रधामन्त्री ओलीले यस्तो बताएका हुन् । सरकारले कोरोना संक्रमितको उपचार गराइरहेको बताउँदै उनले सांसदहरुले दशैँ भत्ता कोरोना कोषमा जम्मा गरेको पनि बताए । ‘अहिले देशको आम्दानी छैन, रोजगारी गुमेको छ’, उनले […]
कार दुर्घटनामा तीनको मृत्यु

सल्यान, २२ कात्तिक । सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप शनिबार साँझ सल्यानको छत्रेश्वरी गाउँपालिका-४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका-७ निवासी ३५ वर्षीय जीपख चालक भिमबहादुर वली, सोही […]
घडियाल गोही संरक्षणमा जोड

रत्ननगर, २२ कात्तिक । अति संकटापन्न प्रजाती घडियाल गोही संरक्षण गर्न सरोकारवालाहरुले जोड दिएका छन् । संरक्षणका लागि एकता नेपाल संस्थाले शुक्रबार सौराहामा आयोजना गरेको कार्यक्रममा दुर्लभ अवस्थामा पुगेको घडियाल संरक्षण गर्न निकुञ्ज र मध्यवर्ती वरपरका स्थानीयलाई आयआर्जनमा जोड्दै घडियाल संरक्षण गर्नुपर्ने उनीहरुको भनाइ थियो । स्थानीयबासी नदीमा आश्रित हुँदा जलचर प्रजातीलाई असर पुर्याउँदै आएको […]
चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित

भरतपुर, २२ कात्तिक । चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिएलए) का उम्मेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकारीले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गरेका हुन् । अधिकारीले […]
चितवनमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक

भरतपुर, २२ कात्तिक । चितवनमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ । जिल्लामा हालसम्म ४ हजार ९५२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । त्यसमध्ये १ हजार ६९३ जनामा कोरोना सक्रिय छ भने ३ हजार १८७ जना कोरोनामुक्त भएका छन् । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित छन् । भरतपुरमा ३ हजार ४२४ […]
२४ घण्टामा थपिए २७५३ कोरोना संक्रमित, १७ जनाको मृत्यु

काठमाडौँ, २२ कात्तिक । पछिल्लो २४ घण्टामा दुई हजार ७ सय ५३ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार शुक्रबार देशभर दुई […]
आइपिएल इलिमिनेटरः हैदराबादले क्वालिफायर्स खेल्ने, बेंगलोर भने बाहिरियो

भरतपुर, २२ कार्तिक । युएईमा जारी १३औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेटको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । गएराति सम्पन्न खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले हराएको हो । जीतपछि हैदराबादले दोश्रो क्वालिफायर्समा दिल्ली क्यापिटल्ससँगको भेट पक्का गरेको छ । दोश्रो क्वालिफायर्समा जीत निकाल्ने टोलीले उपाधिका लागि फाइनलमा मुम्बई इण्डियन्ससँग […]