चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित

भरतपुर, २२ कात्तिक ।
चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिएलए) का उम्मेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिकारीले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गरेका हुन् । अधिकारीले १ सय ७ मत प्राप्त गरे भने पोख्रेलले ८० मत प्राप्त गरे ।

एशोसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित भएका छन् । डिएलएका उम्मेदवार खातीले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गरेका हुन् । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गरे ।

सचिवमा पिएलएका उम्मेदवार विनोद मिश्र विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी डिएलएका श्रीराम दवाडी पराजित भए । मिश्रले ९९ र दवाडीले ८२ मत ल्याएका छन् । यसैगरी कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित भए ।

एशोसियसनको २१औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट