सांसदले दशैंँ भत्ता लिनु भ्रष्टाचार होइन – प्रधानमन्त्री

भरतपुर, २२ कात्तिक ।
प्रधामन्त्री केपी शर्मा ओलीले संघीय सांसदहरूले दशैँ भत्ता लिएको कुराको प्रतिरक्षा गरेका छन् । शनिबार राति एपिवान टेलिभिजनसँगको कुराकानीका क्रममा प्रधामन्त्री ओलीले यस्तो बताएका हुन् ।

सरकारले कोरोना संक्रमितको उपचार गराइरहेको बताउँदै उनले सांसदहरुले दशैँ भत्ता कोरोना कोषमा जम्मा गरेको पनि बताए । ‘अहिले देशको आम्दानी छैन, रोजगारी गुमेको छ’, उनले भने, ‘यस्तो अवस्थामा हुने खानेले सक्नेले उपचार र परीक्षण खर्च तिर्न त सक्छ नि ! विरोधका लागि विरोध गर्ने गैरजिम्मेवार हुन् ।’

ओलीले सांसदहरुले दशैँ भत्ता लिनु भ्रष्टाचार नभएको व्याख्या गरे । ‘सांसदहरु आक्रमणको निशाना हुनु राम्रो होइन । सांसदहरुले खाएकै छैन तर खाए भनेर हल्ला चलाउनु उचित हो र ? उनीहरुले कति पारिश्रमिक पाउँछन् ?’, उनले भने, ‘उनीहरुको दशैँ भत्ता त कोभिड कोषमा हालेकै छ । दशैँ भत्ता भनेर कोभिड कोषमा हालिरहेको छ । तर किन खाइरहेका छन् भनेर विरोध हुन्छ ।’

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट