घडियाल गोही संरक्षणमा जोड

रत्ननगर, २२ कात्तिक ।
अति संकटापन्न प्रजाती घडियाल गोही संरक्षण गर्न सरोकारवालाहरुले जोड दिएका छन् । संरक्षणका लागि एकता नेपाल संस्थाले शुक्रबार सौराहामा आयोजना गरेको कार्यक्रममा दुर्लभ अवस्थामा पुगेको घडियाल संरक्षण गर्न निकुञ्ज र मध्यवर्ती वरपरका स्थानीयलाई आयआर्जनमा जोड्दै घडियाल संरक्षण गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

स्थानीयबासी नदीमा आश्रित हुँदा जलचर प्रजातीलाई असर पुर्‍याउँदै आएको छ । चितवन रास्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले नदिमा आश्रितलाई वैकल्पिक पेशा दिन सके घडियाल गोही र जलचर अन्य प्राणीहरूको पनि संरक्षण हुने बताए । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वाडेन) अणनाथ बरालले घडियाल गोही मासिने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे । `मानवीय कारण घडियाल लोप हुने अबस्थामा छ´ वाडेन बरालले भने – `नदीमा आश्रितलाई संरक्षणमा अपनत्व गराउनु आवश्यक छ ।´ जथाभावी नदिजन्री पदार्थको उत्खनन ,जालको प्रयोग, फोहोर, बिषादिका कारण संरक्षणमा चुनौती रहेको पनि उनलेे बताए । संघीय सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले संरक्षणलाई एकांकी ढंगले हेर्न नहुने भन्दै निकुञ्ज ऐन समयानुकूल परिवर्तन गर्नुपर्ने बताए । घडियाल गोही संरक्षणकै लागि मन्त्रालयले कार्ययोजना बनाएको उनले सुनाए । वन सचिव ओलीले सामाजिक र आर्थिक पाटोलाई संरक्षणसँग जोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले नेपालमा पछिल्लो गणना अनुसार २३० वटा घडियाल गोही रहेको जानकारी दिए । गोहीको संरक्षण र अध्ययनमै १८ वर्ष बिताइसकेका सहायक संरक्षण अधिकृत खड्काले मानवीय कारणले गत वर्ष १२ वटा र त्यसको अघिल्लो वर्ष ९ वटा घडियाल गोही मरेको बताए ।

सोही कार्यक्रममा नदीमा आश्रित रहँदै आएका खैरहनीका दराइ बोटेहरुको आयआर्जनका लागि आर्थिक सहयोग गरिएको थियो । कुमरोज वनमा पोखरी बनाएर माछापालन गर्दै आएका दराइ-बोटेको थप आम्दानी बढाउन १ लाख रुपैयाँ दराइ-बोटे समूहका प्रतिनिधिलाई हस्तान्तरण गरिएको रास्ट्रिय निकुञ्ज विभागका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । त्यस्तै सरिसृप प्रजातिको सर्प उद्वारका लागि उद्वार सामग्री समेत हस्तान्तरण गरिएको थियो । संरक्षणका लागि एकता नेपालका अध्यक्ष विश्वकान्त डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले आफ्नो नगर क्षेत्र भित्र पर्ने नदीमा जथाभावी उत्खनन गर्न नदिने र घडियाल संरक्षणमा सचेतनामुलक कार्यक्रम गर्नुका साथै सहयोग गर्ने प्रतिवद्वता जनाए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट