आइपिएल इलिमिनेटरः टस जितेर हैदराबाद पहिले फिल्डिङ गर्दै

भरतपुर, २१ कार्तिक ।

युएईमा जारी १३औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेटको प्लेअफ चरणको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । हैदराबाद र रोयल च्यालेन्सर्ज बेंगलोरबीचको खेल अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति ७ः४५ बजे सुरु हुँदैछ ।

इलिमिनेटरमा विजयी हुने टोलीले दोश्रो क्वारिफायर्स खेलमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ । जबकी हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ । त्यसकारण पनि उपाधिको होडलाई जीवितै राख्न हैदराबाद र बेंगलोर दुवैलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।

जारी प्रतियोगितामा दुवै टोलीको पछिल्लो प्रदर्शनलाई नियाल्ने हो भने बेंगलोरभन्दा हैदराबाद बलियो देखिन्छ । हैदराबादले लिगका अन्तिम ५ खेलमध्ये ४ मा जीत हात पार्दै अंकतालिकाको शीर्ष ४ भित्र अटाएको हो । हैदराबाद र बेंगलोरले लिगमा खेलेका १४ मध्ये समान ७–७ खेलमा जीत हात पारेका थिए । यद्यपि हैदराबादको भन्दा कम नेट रन रेट भएका कारण बेंगलोर अंकतालिकामा चौँथो स्थानमा चिप्लिन पुगेको थियो । प्रतियोगिताका सुरुवाती खेलमा राम्रो लय बनाएको बेंगलोरले लिगका अन्तिम ४ खेलमा लगातार हार बेहोरेको थियो । बेंगलोरका लागि फितलो ब्याटिङ फेरि एक पटक प्रमुख समस्या बन्न पुगेको छ ।

हैदराबादका ओपनरद्वय कप्तान डेविड वार्नर र ऋद्धिमान् शाह आफ्नो फर्ममा फर्कँदा बेंगलोरले अझै पनि स्थायी ओपनर जोडी फेला पार्न सकेको छैन । यद्यपि शाहले चोट बोकेका कारण उनको ठाउँमा अर्का विकेटकिपर श्रीवत्स गोत्स्वामीले खेल्ने भएका छन् । बेंगलोरका तर्फबाट जारी प्रतियोगितामा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा देवदत्त पदिकाल छैटौँ, विराट कोहली आठौँ र एबी डे भिल्लर्स १४औँ स्थानमा छन् । यद्यपि यी तीनै जनाले पछिल्ला खेलमा ठूलो रनको पारी भने खेल्न सकेका छैनन् । हैदराबादका शहवाज नदिम, सन्दीप शर्मा र थंगरासु नटराजनको बलिङ बेंगलोरका ब्याट्सम्यानका लागि परीक्षा हुने देखिन्छ । यस्तै बेंगलोरका नवदीप सैनी, मोहम्मद सिराज र यजुवेन्द्र चहलमाथि पनि ठूलै जिम्मेवारी रहनेछ ।

जारी प्रतियोगिताको लिग चरणका खेलमा यी दुई टोलीले एकअर्का विरुद्ध १–१ जीत निकालेका थिए । हालसम्म भने यी दुई टोली १६ पटक आमनेसामने भएका छन् । जसमा ९ खेल हैदराबाले जितेको छ भने ७ खेलमा बेंगलोर विजयी भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट