मिडिया एक्सनद्वारा पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

भरतपुर, २१ कार्तिक ।

मिडिया एक्सन नेपाल (म्यान) नामक संस्थाले मिडियामा देखिने गलत सूचनाहरूको पहिचान तथा रोकथाम गर्नका लागि पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । उसले चितवनबाट सञ्चालित विभिन्न मिडियाका १६ जना पत्रकारहरू छनौट गरी कार्तिक १९ देखि २१ गतेसम्म दोश्रो चरणको तालिम सञ्चालन गरेको थियो । तिनै १६ जना पत्रकारहरूका लागि नै उसले गत श्रावण १४ देखि १६ गतेसम्म पनि पहिलो चरणको तालिम सञ्चालन गरेको थियो । तालिम जुम एपको सहायताले अनलाइन माध्यमबाट सञ्चालन गरिएको थियो । अनलाइन तालिम बिहान ८ देखि १० र ११ः२० देखि १ बजेसम्म गरी दुई शत्रमा सञ्चालन गरिएको थियो ।

नेपालस्थित अमेरिकी राजदूतावासको समेत सहआयोजना रहेको तालिमको पहिलो दिन दूतावासकी सूचना अधिकारी अन्नारिची एलनले उत्तरदायी पत्रकारिताका बारेमा प्रकाश पारेकी थिइन् । सोही शत्रमा दूतावासकी सूचना विज्ञ प्रेरणा मरासिनीले पत्रकारिता अभ्यास गर्ने जो कोही पनि देशको परराष्ट्र नीतिका बारेमा जानकार हुनुपर्ने भनाइ राखिन् । पत्रकारले संप्रेषण गर्ने सामग्री अन्तर्राष्ट्रिय सम्बन्धलाई बिगार गर्ने खालको हुन नहुनेमा उनले जोड दिइन् । पहिलो दिनको दोश्रो शत्रमा पत्रकार कमलदेव भट्टराईले परराष्ट्र नीतिका बारेमा प्रस्तुतीकरण राखेका थिए ।

तालिमको दोश्रो दिनको दोश्रो शत्रमा मिडिया अध्येता डा. समीक्षा कोइरालाले नेपाली पत्रकारितामा लैंगिक संवदनशीलताको अवस्थाका बारेमा विचार प्रस्तुत गरेकी थिइन् । अन्य राष्ट्रमा जस्तै नेपालमा पनि पुरुषका तुलनामा महिला पत्रकारहरू बढी उत्पीडनमा पर्ने गरेको बताइन् । यस्तै समाचारजन्य सामग्रीमा महिला स्रोतलाई एकदमै थोरै मात्रामा उल्लेख गरिनु दुःखद रहेको उनको भनाइ थियो ।

तालिमका क्रममा म्यानका अध्यक्ष लक्ष्मण दत्त पन्तले गलत तथा भ्रामक सूचनालाई हटाउनका लागि पत्रकारले विषयवस्तुको पर्याप्त अध्ययन गर्ने बानी बसाल्नुपर्ने बताए । त्यस्तै मिथ्या, गलत तथा दुष्प्रचारजनक सामग्रीको प्रवाहलाई रोक्न मिडियाले स्वनियमन गर्न आवश्यक रहेको उनको भनाइ थियो । तालिमका दौरान सहभागी पत्रकारहरूलाई आफू आबद्ध संस्थाले प्रकाशन गरेको भ्रामक सामग्री संकलन गर्न गृहकार्य दिइएको थियो । सहभागीहरूले आआफ्ना मिडियाले प्रकाशन गर्न पुगेको गलत सूचनाको पहिचान गरी सुधारका लागि तत् तत् संस्थाका सम्पादकहरूसँग पहल गरेको पनि बताएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट